पछिल्लो २४ घण्टामा देशभर जना २४७६ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पिसिआर परीक्षणमा १७२१ र एन्टिजेन परीक्षणमा ७५५ जनामा कोरोना पुष्टि भएको हो ।
२४ घण्टामा पिसिआर विधिबाट ९ हजार ५८६ र एन्टिजेन विधिबाट ४७६५ गरी १४ हजार ३५१ परीक्षण भएको छ।
यो सँगै कुल कोरोना पुष्टि हुनेको संख्या पिसिआर विधिबाट ६ लाख २१ हजार १५२ पुगेको छ । एन्टिजेन विधिबाट ३० हजार ६८९ जनामा कोरोना पुष्टि भएको छ ।
यस अवधिमा ५४५५ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । योसँगै नेपालमा हालसम्म ५ लाख ७६ हजार ४१३ जनाले कोरोना जितेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अहिले देशभर सक्रिय संक्रमित ४५ हजार ७४९ रहेको छ ।
२४ घण्टामा २७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार ९४५ जना पुगेका छ। आइतबार मृत्यु हुनेको संख्या २१ मात्रै थियो । आज करिब दोब्बरले वृद्धि भएको हो।
प्रतिक्रिया