सिमा विवाद सम्बन्धमा प्रतिवेदन तयार

इनेप्लिज २०७८ असार ११ गते १०:१३ मा प्रकाशित

गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद्ले नेपाल र भारतका बीचमा रहेको सिमा विवादको सम्बन्धमा अध्ययन गर्नका लागि गठन गरेको उच्च स्तरीय अध्ययन टोलीले प्रतिवेदन तयार पारी संघलाई बुझाएको छ।नेपाल र भारतका बीचमा समय समयमा सिमा समस्यालाई लिएर विवाद हुदैं आएको छ।खुल्ला सिमाका कारण यो समस्या देखिने गरेको छ।भारतले नेपालको विभिन्न ठाउमा सिमा मिचेको विषय समय समयमा उठ्ने गर्दछ । राजनितिक तथा कुटनितिक माध्यमवाट समस्या समाधान हुने बताउदै आइएको छ।

नेपालको सिमा मिचिदा विश्वभर रहने गैर आवासीय नेपालीको मन समेत चसक्क हुने गर्दछ । सिमा मिचिएकोमा गैर आवासीय नेपालीले त्यसको विरोध समेत गर्दै आएका छन्।अमेरिकामा रहेका गैर आवासीय नेपालीले समेत विरोध गर्नुका साथै संघ मार्फत संयुक्त राष्ट्र संघको मुख्यालय लगायतका अन्तराष्ट्रिय निकाय देखि अन्य कुटनितिक निकायहरुमा ध्यानाकर्षण पत्र बुझाइएको छ।

यही क्रममा संघले नेपाल भारत बीचको सिमा विवादका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन तयार पार्न डा.केशव भट्टराईको संयोजकत्वमा डा. उपेन्द्र बहादुर बम र डा. सनम अक्ष सदस्य रहनुभएको एक विज्ञ टोली बनाएको थियो।टोलीले अध्ययन पश्चात प्रतिवेदन तयार पारी संघलाई बुझाएको छ।

Documeny link:
https://www.nrnusa.org/documents/reports/detail

 

प्रतिक्रिया