सडक आयोजना प्रभावितलाई क्षतिपुर्ति दिईनु पर्ने माग

वीरेन्द्र रावल २०७८ असार ८ गते २२:१६ मा प्रकाशित


धनगढी,असार ७।सडक निर्माणका क्रममा स्थानीय जनता प्रभावत भएको भन्दै राष्ट्रिय जनमोर्चा नेपाल चुरे गाउँकमिटीले मंगलबार सम्बन्धीत निकायको ध्यानाकर्षण गराउँदै माग पत्र पेश गरेको छ।

राष्ट्रिय जनमोर्चा नेपाल चुरे गाउँकमिटीका अध्यक्ष विमल साउँदको नेतृत्वमा मंगलवार सहजपुर बोक्टान दिपायल सडक आयोजनाका कार्यालय प्रमूख उज्वल श्रेष्ठ समक्ष सो सडक खण्डमा पर्ने ३४ जना स्थानीय जनता प्रभावित भएका कारण उनिहरुको मागलाई तत्काल सम्बोधन गर्न विज्ञप्तीमार्फ सडक आयोजनालाई अनुरोध सहित माग पत्र पेस गरिएको छ।

जनताको नीजि तथा सार्वजनिक सम्पतिमा भएको नोक्सानीलाई सडक आयोजनाले बेलैमा सम्बोधन नगरेको खण्डमा त्यसले निम्त्याउने जस्तो सुकै पनि परिस्थीतिको सामना गर्न आयोजना बाध्य हुनुपर्ने पनि विमल साउँदद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ।

सडक छेउ छाउँमा घरबास भएका सडक आयोजनाले प्रभावित बनेका मानिसहरुलाई राहत उपलब्ध गराउने बिषयमा सम्बन्धीत निकायले बेलैमा ध्यान नदिएको खण्डमा पार्टीले विभिन्न चरणमा दवावका कार्यक्रमहरु अगाडी बढाउने चेतावनी समेत अध्यक्ष साउँदद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ।

-वीरेन्द्र रावल

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया