सांगठनिक प्रतिबेदन मा सुझाब दिनुहुन अनुरोध

इनेप्लिज २०७८ असार ८ गते ९:४५ मा प्रकाशित

आदरणीय सदस्यहरू मा नमस्कार,

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको २०१९-२०२१ का लागी निर्वाचित कार्य समितिको २ बर्षको कार्यकाल आगामी जुलाई ३, २०२१ देखि समाप्त हुंदै छ । बिगत २ बर्षको कार्यकाललाई फर्केर हेर्दा समय त्यति सहज रहेन । कार्यकालको लागि सपथ लिए लगत्तै नेपालमा ठुलो आँधि बेरी/बाढी आई जनजिवन अस्त ब्यस्त पार्यो । त्यसैगरि कोभिड-१९ को कहर ले बिश्वको मानब समुदायलाई नै प्रभाव पार्यो । यस्तै धेरै कठिन परिस्थिको बिच हाम्रो २ बर्षको कार्यकाल समाप्त हुंदैछ । बर्तमान केन्दीय समिति, टास्क्फोर्स/कमिटि तथा च्याप्टर एनआरएनए अमेरिकाको बिकासमा निरन्तर लागि रह्यो । गैर आवासीय नेपाली संघ,अमेरिका कोभिड-१९ को कहरमा गैर आवासीय नेपालीहरूको सुख दुख को साथि बन्यो साथै सामाजिक रूपान्तरणका लागि हदै सम्मको प्रयास गर्यो ।

अमेरिकाबासी आम गैर आवासीय नेपालीको सहयोग र सक्रियताका कारण संघले गत दुई बर्षको कार्यकालमा धेरै उपलब्धी पुर्ण कार्यक्रम गर्न सफल भएको हाम्रो विश्वास रहेको छ । संघको दुई वर्षे कार्यकाललाई रचनात्मक र प्रभावकारी बनाउनका निम्ति तपाई सम्पूर्ण सदस्यहरुबाट प्राप्त सहयोगको निम्ति संघ हार्दिक धन्यवाद ज्ञापन गर्दछ । संघको संस्थागत विकासमा तपाई सदस्यहरुबाट यस्तै सहयोग निरन्तर रहीरहने भन्ने पूर्ण विश्वास लिइएको छ ।

गत २ बर्सप्रतिवेदनमा केही सुझाव,केही छुटेको वा केही प्रतिक्रिया रहे प्रतिक्रिया पठाउनका लागि अनुरोध छ । तपाईहरुको सुझावको आधारमा यसलाई परिमार्जन गरिनेछ ।

General Secretary Report Link:
https://documentcloud.adobe.com/link/track?uri=urn:aaid:scds:US:fed85497-7944-4c02-aad4-1be7c34dac2b

धन्यबाद !

पशुपति पाण्डे
महासचिव
गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद्,अमेरिका

 

प्रतिक्रिया