सोमबार, साउन ३० २०७९
काठमाडौं १५:३२
वासिङटन डिसी 05:47

तुलसी क्षेत्री र कमल कालिकोटेको आवाजमा मनको माया सार्वजनिक

इनेप्लिज २०७८ असार ७ गते ११:२० मा प्रकाशित

रामजी पौडेलको शब्द लयमा गायीका तुलसी क्षेत्री र कमल कालिकोटेको मनको माया सार्वजनिक भएको छ । जिसी इन्टरटेन्मेन्ट नेपालको युट्यूब च्यानलबाट गीत सार्वजनिक गरिएको हो । गीतमा गायीका तुलसी क्षेत्रीकै अभिनय रहेको छ भने उनलाई जयराम प्रताप केसीले साथ दिएका छन् । पोखराको बिभिन्न ठाउँमा छायंकन गरिएको म्यूजिक भिडियोलाई होम गुरुङले निर्देशन गरेका हुन् भने गणेश सापकोटाको छायंकन र सुबास अँगाईको सम्पादन गितमा देख्न सकिन्छ ।

पछिल्लो समयकी चर्चित युवा गायीका तुलसी क्षेत्रीका यस अघिका पनि थुप्रै गीतहरु चर्चामा छन् । पोखरामा रहेर संगीत क्षेत्रलाई अगाडी बढाएकी उनको अब छटै इन्द्र जिसी र पार्वती जिसीसंगको सहकार्यको गीत बजारमा आउँदै छ । यस मनको माया दिउँला भनेको गीतलाई हेरेर सल्लाह सुझाब दिन गायीका तुलसी क्षेत्रीले सबैलाई आग्रह गरेकी छन् ।

हेर्नुहोस् यो गीत ।

प्रतिक्रिया