बुधबार, भदौ १ २०७९
काठमाडौं ०४:४५
वासिङटन डिसी 19:00

क्यानेडियन नेवाः गुठी द्वारा “सिथि नखः” को बिबिध पक्षबारे प्रबचन तथा छलफल कार्यक्रम

इनेप्लिज २०७८ असार ७ गते ९:२७ मा प्रकाशित


टोरोन्टो, क्यानेडियन नेवाःगुठि ले “सिथि नखः” को बिबिध पक्षबारे प्रबचन तथा प्रश्नोत्तर कार्यक्रम हालै भर्च्युयल माध्यमबाट सम्पन्न गरेको छ । कार्यक्रममा “सिथि नखः” बारे आफ्नो प्रस्तुति पावर प्वाइन्ट मार्फत प्रस्तुत गर्नु हुदै गुथिका सचिब डा. प्रज्वल प्रधानले परापूर्ब काल देखि नेवाः समुदायले मनाउदै आएको यो पर्ब बिबिध पक्षले महत्वपूर्ण भएको बताउनु भयो ।”सिथि नखः” बिषेश गरि बाताबरणिय पक्ष संग गहन सम्बन्ध रहेको बताउनु हुदै यो पर्बमा आ आफ्नो टोलमा रहेका पानीका श्रोतहरु,जस्तै ढुंगे धारा, ईनार, कुवा, कुलो, पोखरि इत्यादि सफा गरिने चलन अहिले सम्म रहि आएको छ भन्नु भयो ।

नेवाः समुदाय मल्लकाल देखिनै पानीको उचित ब्यबस्थापनममा अवल रहेको जनाउनु हुदै राजकुलो बाट आएको पानी सिंचाईकोलागि प्रयोग पस्चात बाकी रहेको पानी पोखरी मार्फत संरक्षण गरि ढुंगेधारा, जःधुं (नेवाः प्रबिधि अनुसार बनाईएको ढुंगाको त्यांक)को बितरण प्रणालिमा राखिएको हुन्छ भन्नु भयो।साथै उहाँले पानीलाई शुद्दिकरण गर्न त्यतिखेर स्थानिय रुपमा सजिलै संग पाईने गोल प्रयोग गरिएको बताउनु हुदै त्यसबेला प्रयोग गरिएको प्रबिधि हाल पनि प्रयोग गर्दै आईरहेको तर शब्दाबलि मात्र फरक रहेको बताउनु भयो ।

गुठिका अध्यक्ष प्रकाश प्रधानले ईनार सफा गर्दा सुरक्षाको दृष्टीकोण बाट निर्धक्क हुन नेवाः समुदायको आफ्नै बिधि पहिला पालामा बत्ती राखेर ईनारको तल पठाउदा बत्ती ननिभेमा मात्र सफागर्ने मानिसहरु तल झर्ने चलन रहेको बताउनु भयो । ईनार सफा गर्दा कहिले काहि सफागर्ने मानिसको मृत्यु भएको सम्बन्धमा सोधिएको प्रश्न बारे उत्तर दिनु हुदै डा.कृष्ण कायष्ठले ईनारको गहिराइमा अक्सिजनको मात्रा कम भएर पनि मृत्यु हुन सक्ने बताउनु हुन्दै यस्ता तथ्यहरुबारे जानकारिमुलक कार्यक्रम गर्नु आबश्यकता रहेको बताउनु भयो ।साथै उहाँले नेवाः सुमुदायका साना तर यस्ता जीबनदायी कुराहरु आम जनमानस्मा संचार गर्नु पर्ने बिचार ब्यक्त गर्नु भयो।

अर्का सहभागि लक्ष्मण मुनी श्रेष्ठले बर्षातको समयमा रोगका किटाणुहरुले आक्रमण गर्ने बढि सम्भाबना रहेकोले “सिथि नखः” पर्बमा आफु बस्ने घर तथा पानीका श्रोत वरीपरी सरसफाई गर्ने प्रचलन रहेको बताउनु भयो। त्यस्तै गरि गुठिका महासचिब बिमल श्रेष्ठ तथा रबिन प्रधानले “सिथि नखः”को मससामयिकता बारे प्रकाश पार्नु भयो ।

गुठिका उपाध्यक्ष उत्तम माकजुले “सिथि नखः” को कृषि,पर्याबरण तथा नेवाः दर्शन संगको सांनिध्यताबारे बिष्लेषण गर्नु हुदै यो पर्बको लगतै धान रोप्ने काम हुने भएकोले बिभिन्न गेडागुडीहरुको वः (बारा) तथा चतामरी,समेबजि खाएर कृषकहरु शक्ती सम्म्पन्न हुन्छन भन्नु भयो ।अहिलेको जस्तो जलबायु बि्ज्ञान बिभाग नभएको बेलामा “सिथि नखः” लाई बर्षात शुरुहुने समय भनेर मापकको रुपमा प्रयोग गरिने चलन पनि रहेको बताउनु भयो। नेवाः जीबन दर्शन बारेको सम्बन्ध बारे चर्चा गर्नु हुदै उहांले “सिथि नखः”मा कार्य सफलता तथा परिश्रमीका प्रतिक कुमार कार्तिक्यको पुजा गरिने प्रचलन रहेको बताउनु हुदै नेवाः समुदाय पनि मेहनत र परिश्रम गरि आफ्नो जीबन यापन गर्ने प्रकृतिका रहेको बताउनु भयो। “सिथि नखः” पर्बमा पर्याबरणको संरक्षणको लागि समुदाय सबै मिलेर पानीको श्रोत तथा टोलहरु सफा गर्ने भएकोले सामुदायिक एकताको रुपमा रहेको बताउनु भयो ।

कार्यक्रममा नेवाः समुदायको बर्षा ॠतुमा बजाइने बार्हमासे धून अन्तर्गत को ” सिनाज्या” धून रंजना सैन्जुले सिटारमा प्रस्तुत गर्नु भएको थियो भने प्रकाश प्रधान, बिमल श्रेष्ठ, डा. प्रज्वल प्रधान , लक्ष्मण मुनी श्रेष्ठ, रबिन प्रधान, उत्तम माकजु लगायतले गीतहरु प्रस्तुत गर्नु भएको थियो ।

प्रतिक्रिया