पूर्वराज्यमन्त्री बिष्टकाे निधन

इनेप्लिज २०७८ असार ६ गते १०:१३ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका पूर्व सभापति एवम् पूर्वराज्यमन्त्री तप्त बहादुर विष्टको निधन भएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारमा बिष्ट सूचना तथा सञ्चार राज्य मन्त्री थिए। उनी २०७० सालमा सुर्खेत-३ मा संविधान सभा सदस्य निर्वाचित भएका थिए।

उनको गए राति ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको नेपाली कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि विष्टको गत जेठ १६ गतेदेखि कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेकोमा सुधार नआएपछि थप उपचारका लागि गत जेठ २६ गते हेलिकप्टर मार्फत काठमाडौँ ल्याइएको थियो ।

उनको निधन प्रति कांग्रेस सभापति शेर बहादुर देउवाले दुख व्यक्त गर्दै भनेका छन, तप्त बहादुर विष्टको निधनको खबरले दुखी भएको छु।

तप्तजी एक निष्ठावान नेता हुनुहुन्थ्यो । उहाँको निधनले पार्टीलाई अपूरणीय क्षति भएको छ । उहाँको आत्माको चीरशान्तिको कामना गर्दै परिवारजनमा समवेदना व्यक्त गर्दछु।

प्रतिक्रिया