कवि तथा गीतकार कमला न्यौपानेको किनाराको ढुङ्गा नामक गीत सार्वजनिक

इनेप्लिज २०७८ असार ४ गते २१:४९ मा प्रकाशित

काठमाडौं । कवि तथा गीतकार कमला न्यौपानेको किनाराको ढुङ्गा नामक गीत सार्वजनिक भएको छ ।

नेपाल आईडल सिजन ३ की बिजेता सज्जा चौँलागाईको आवाज रहेको उक्त गीतमा चर्चित संगीतकार न्यूह बज्राचार्यको संगीत रहेको छ ।

संगीतकार बज्राचार्यको आफ्नै यूट्युब च्यानलमा सार्वजनिक गरिएको गीतमा गीतकार कमला न्यौपानेले उक्तमा आफूले प्रेमजस्तो सम्वेदनशिल कुरालाई उत्तिकै सम्मान सहित जीवन सँग जोडेको कुरा बताईन् ।

उनको यसअघि पनि बिभिन्न गीति एल्बम र जङ्गलको यात्रा नामक कविता सङ्ग्रह पनि प्रकाशित भैसकेको छ ।

प्रतिक्रिया