त्रिकोणात्मक सिरिजका लागि २० खेलाडी बन्द प्रशिक्षणमा

इनेप्लिज २०७८ असार ४ गते १३:१९ मा प्रकाशित

नेपाल क्रिकेट संघले आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल नामिविया र स्टकल्यान्डसँगको त्रिकोणात्मक सिरिजका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

क्यानले शुक्रबार २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो । नेपालले सोमबारबाट प्रशिक्षण सुरु गर्नेछ ।

स्कटल्यान्डमा हुनुपर्ने सिरिज कोरोना महामारीका कारण स्पेनमा हुने बताइए पनि मिति र खेल तालिका भने सार्वजनिक भएको छैन ।

नेपालको टिममा अनुभवी बलर वसन्त रेग्मी, युवा ब्याट्सम्यान रोहित पौडेल जस्ता खेलाडी भने अटाएका छैनन् ।

लिग अन्तर्गत नेपालले सन् २०१९ मा घरेलु मैदानमै अमेरिका र ओमानसँग एक मात्र त्रिकोणात्मक सिरिज खेलको थियो ।

सिरिजमा नेपालले अमेरिका विरुद्धका दुवै खेल आफ्नो पक्षमा पर्दा ओमानसँगको दुवै खेल गुमाएको थियो ।

प्रशिक्षणमा बोलाइएका खेलाडी

ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उप कप्तान), पारस खड्का, सन्दीप लामिछाने, विनोद भण्डारी (विकेटकिपर), कुशल भुर्तेल, करण केसी, आरिफ शेख, साहब आलम, शुसान भारी, आसिफ शेख, कमल सिंह ऐरी, कुशल मल्ल, विक्रम शोब, शरद भेषावकर, सन्दीप जोरा, पवन सरार्फ, सोमपाल कामी, अभिनाश बोहरा र पृथु बास्कोटा

प्रतिक्रिया