अफ्रिकाका नेपालीले नेपालमा शुरु गरे , सामुहिक लगानी

इनेप्लिज २०७८ असार ३ गते १०:५२ मा प्रकाशित

अफ्रिकामा रहेका गैरआवासीय नेपालीहरुले एकतित्र रुपमा नेपालको उर्जा , कृषि , पुर्वाधार र अन्य क्षेत्रमा लगानी गर्न एनआरएन अफ्रिका भेन्चर्स लिमिटेड कम्पनीको नेपालमा स्थापना गरेका छन ।

हाललाई सय करोड पुजी रहने कम्पनीलाई अफ्रिकाका गैरआवासीय नेपालीहरु बाट शुरु गरे पनि यसमा अन्य गैरआवासीय नेपालीहरु र नेपाल फर्की सकेका एनआरएनहरुलाइ पनि जोडिनेछ । कम्पनीले कृषि , उर्जा , पुर्वाधार र आइटी लगाएतका योजनाहरुमा लगानीको लागि प्रारम्भिक कार्य शुरु गरि सकेको छ ।

बिदेशमा कार्यरत नेपालीहरुलाई नेपालको समृद्धिमा जोडने गैरआवाशिय नेपालीहरुको क्रमवद्द प्रयासमा अफ्रिकाका नेपाली बाट संयुक्त रुपमा प्रारम्भ गरिएको यो लगानीको नयाँ थालनी हो । कम्पनीका अध्यक्ष हिक्मत थापाले जानकारी दिए ।

यसले अफ्रिकामा बसेका नेपालीहरु पनि नेपालको समृद्धिमा साझेदारी गरि रहेका छन भन्ने देखिनेछ । यस अघि पनि यहाँका नेपालीहरुले नेपालको पुर्वाधार , उर्जा , स्वास्थ्य , उत्पादनमुलक उधोग र विविध क्षेत्रमा नेपालमा विभिन्न माध्यम बाट लगानी गरिरहेका छन , थापाले भने ।

अफ्रिकाका सबै देशमा रहेका लगभग सय जना नेपालीहरु आबद्द भइ सकेको यो कम्पनीले अफ्रिका , अन्य महादेशका गैरआवासीय नेपालीहरु र नेपाल भित्र रहेका नेपालीहरु जोडि हजार जना लगानी कर्ता जोडने अभियान चलाएका छौ । कम्पनीले आर्थिक लगानी मात्र नगरेर यहाँका सीप र ब्यबस्थापनका ज्ञान पनि नेपालमा लग्नेछ । अफ्रिका भेन्चर्सका निर्देशक रोशन थापाले भने ।

कम नेपाली भएको महादेश र आर्थिक रुपमा अपेक्षाकृत रुपमा पछाडी रहेको अफ्रिका क्षेत्रबाट भएको यो प्रयासले अन्य क्षेत्र र देशमा बसेका नेपालीलाई पनि नेपालमा लगानी गर्न थप उत्प्रेरणा दिनेछ , हाल काठमाडौंमा रहेका कम्पनीका अर्का निर्देशक दीपक कर्णले भने ।

उनले अगाडि भने नेपालमा यस अघि छुट्टाछुट्टै रुपमा शुरु भएका अफ्रिकाका एनआरएनका ब्यबसाय र लगानीलाई पनि यसले जोडने र संयुक्त रुपमा अगाडी बढाउन सहजीकरण गर्नेछ ।

प्रतिक्रिया