डब्बु क्षत्रीले ल्याए नयाँ गीत अँधेरीमा थिएँ

इनेप्लिज २०७८ असार ३ गते १०:२३ मा प्रकाशित


काठमाडौं,३ असार काठमाडौं सहित मुलुकका धेरै क्षेत्रमा निषेधाज्ञा जारी रहे पनि म्युजिक भिडियोहरु आईरहेका छन्।यसै क्रममा गीतकार डब्बु क्षत्रीले आफ्नो नया गजल (गीत) अँधेरीमा थिएँ म…को भिडियो बजारमा ल्याएका छन्।यो गीतको भिडियोलाई ओएसआर मूभिको युट्युव च्यानलबाट रिलिज गरिएको छ।

सुवर्णको कुमारको स्वरमा यो गजल रेकर्ड गरिएको छ।यसमा सुवर्णलाई सरिता भारती,दीपा कोईरालाले साथ दिएका छन् गीतमा संगीत र संगीत सँयोजन पनि सुवर्ण कुमारकै रहेको छ।यो गीत निकै मिठो बनेको छ।

भिडियोमा सरिता भारती,राहुल श्रेष्ठ,जोयल्स बस्नेत,विना रानामगरसहितको अभिनय छ।यो भिडियोको छायाँकार रामशरण उप्रेती,सम्पादक सुरेश कुमार राउत रहेका छन्।

गीतको भिडियो निर्देशन पनि डब्बु क्षत्रीले नै गरेका हुन्।यसमा दिलमायाँ मगरको ड्रेस डिजाईन,दीपक लामगाडेको सेट डिजाईन,श्याम बरालको सृँगार रहेको छ ।

कथा अनुसार आफुले मन पराएको युवासँगको सम्बन्ध छुटाएर अन्य युवासँग विवाह गर्न खोजेपछि ती युवतीले आत्महत्या गरेको कथा यसमा प्रस्तुत गरिएको छ।जसमा ती युवतीको यादले प्रेमीलाई सताईरहन्छ।प्रेम वियोगमा परेका ती प्रेमीको भावलाई यो गीतको भिडियोमा समेटिएको छ।भिडियो निकै आकर्षकण बनेको छ।

 

प्रतिक्रिया