छापामाध्यम सञ्जालद्धारा काउन्सिलका अध्यक्ष बस्नेतलाई बधाई

इनेप्लिज २०७८ असार २ गते २२:११ मा प्रकाशित

काठमाडौँ-नेपाली राष्ट्रिय छापामाध्यम सञ्जालले आज प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष बालकृष्ण बस्नेतलाई हार्दिक बधाई ज्ञापन गरेको छ।सञ्जालका अध्यक्ष देवप्रकाश त्रिपाठीले आज काउन्सिलमा एक समारोह बीच अध्यक्ष बस्नेतलाई कार्यकाल सफलताको कामना सहित बधाई दिनुभएको हो।सो क्रममा त्रिपाठीले पत्रकारिताको संरक्षण र सम्र्वद्धनमा सँग–सँगै सहकार्य गरेर अघि बढ्ने विश्वास ब्यक्त गर्नुभयो।

यस क्रममा काउन्सिलका निवर्तमान कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकी,पूर्व कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठसहितको सहभागिता थियो।

यसै बीच आजै कोरोना लगायत कारणले समस्यामा परेका छापामाध्यमको विकासमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको छ।छलफलमा अध्यक्ष बस्नेतले राज्यको तर्फबाट छापामाध्यमलाई बचाउनको लागि गर्न सक्ने काममा सक्दो पहल गर्ने विश्वास व्यक्त गर्नुभयो।

वरिष्ठ पत्रकार त्रिपाठीले छापामाध्यमको अस्तित्व टिकाउनका लागि विशेष पहल गर्नु पर्ने अवस्था आएको बताउनुभयो।पूर्व कार्यवाहक अध्यक्ष श्रेष्ठले अनलाइनले छापामाध्यम विस्थापित हुने अवस्था नआओस भन्नको लागि यस्ता बहस र छलफल आवश्यक भएको बताउनुभयो।निर्वतमान कार्यवाहक अध्यक्ष बुढाथोकीले प्रविधिसँगै छापामाध्यममा पनि परिवर्तन हुनुपर्ने बताउनुभयो।

कार्यक्रममा काउन्सिलका सदस्यहरू दीपक पाण्डे,ठाकुरप्रसाद बेलबासे,काउन्सिलका सदस्य सचिव एवं सूचना तथा प्रशारण विभागका महानिर्देशक गोगनबहादुर हमालको सहभागिता थियो।

प्रतिक्रिया