खाप टोलका १ सय १० विपन्न परिवारलाई राहत

इनेप्लिज २०७८ असार १ गते २१:३१ मा प्रकाशित


विराटनगर,असार १ कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनले समस्यामा परेका विराटनगर १९ का विपन्न परिवारलाई राहत बितरण गरिएको छ।नेपाली समाज जर्मनको सहयोगमा हामी युवा विराटनगरले विराटनगर १९ खापटोलका १ सय १० विपन्न परिवारलाई आज राहत सामाग्री बितरण गरेको हो।

कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली,विराटनगर–१९का वडा अध्यक्ष बद्रीनारायण सरदार र हामी युवा संस्थाका संस्थापक सविन दाहाल लगायत विभिन्न समाजिक व्यत्तित्वहरुले विपन्न परिवारका सदस्यहरूलाई राहत सामाग्री हस्तान्तरण गरेका थिए।प्रत्येक परिवारलाई २५ किलो चामल, दाल,खाने तेल,पिठो,चिनी,चना,मटर,नुन,सावुन,मसला लगायतका खाद्यान्न सामाग्री बितरण गरिएको हामी युवाकी अध्यक्ष जीना कार्कीले जानकारी दिइन्।विभिन्न समाजिक तथा युवाहरुको क्षेत्रमा सक्रिय कार्यगरिरहेको यस संस्था प्रदेश नं १ मा नै भिन्न पहिचान वनाउन सफल संस्था रहेको छ।

प्रतिक्रिया