एक हजार ६८१ थपिए, चार हजार १८७ कोरोनामुक्त, ४१ को मृत्यु
इनेप्लिज
२०७८ असार १ गते १२:२३ मा प्रकाशित
नेपालमा कोरोनाभाइरसका एक हजार ६८१ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा सात हजार ४४९ नमूनाको आरटीपीसीआर परीक्षणमा एक हजार ६८१ मा कोरोना सङ्क्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित छ लाख १२ हजार २०२ पुगेको छ । एन्टीजेन विधिबाट २२ हजार ४०३ को रिपोर्ट पोजेटिभ आएको छ ।
नेपालमा हाल ६३ हजार २५७ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा चार हजार १८७ सङ्क्रमित कोरोनामुक्त भएका छन् ।
हालसम्म पाँच लाख ४० हजार ४३९ जना सङ्क्रमित निको भएका छन् । कोरोनाबाट निको हुने दर ८८.३ प्रतिशत पुगेको छ ।
पछिल्लो चौबीस घण्टामा ४१ जना सङ्क्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना सङ्क्रमणबाट हालसम्म आठ हजार ५०६ जनाले ज्यान गुमाएका छन् ।
सलमान रुस्दीको स्वास्थ्य स्थिति सुधार हुदै ,वायु-प्रवाहक हटाईयो
पेन्सिल्भेनियाको सामुदायिक कार्यक्रमको भीडमा गाडीले ठक्कर दिँदा १ जनाको मृत्यु , १७ जना घाइते
बाल्टिमोरमा नेपाली पार्कोर खेलाडी दिनेश सुनारको १२ औं विश्व रेकर्डको प्रयत्न सफल
अमेरिकाको संसद नजिक घेरामा ठोक्किएपछि स्वयमलाई गोली हानी आत्महत्या गर्ने व्यक्तिको पहिचान
अमेरिकाको संसद भवन नजिकैको घेरामा गाडी ठोक्किएपछि एक व्यक्तिले आफै स्वयमलाई गोली हानी आत्महत्या
प्रतिक्रिया