असारे गीत

हरिकृष्ण सिलवाल नमोबुद्ध नगरपालिका ४, काभ्रेपलाञ्चोक २०७८ असार १ गते ९:५२ मा प्रकाशित

असारे मासको दबदबे हिलो
लाईदिऊँ कि माथमा
दोहोरी गाउने समय भयो
कोही छौ कि साथमा

खेतमा भरी वारि र पारि
रोपाइँ गर्दै छन्
रोपेर बिऊ धर्तीमा आज
रमाइलो गर्दैछन्

ब्याडे र बाउसे हतार हतार
काममा जुट्दै छन्
असारे गीत धन्कियो हेर
रोपाइँको साथमा

नाच्न र गाउन रोपार लागे
बिउ बोकी हातमा
हलि र बाउसे होहो गर्दै
रम्दैछन् खेतमा ।

हरिकृष्ण सिलवाल
नमोबुद्ध नगरपालिका वडा नं। ४
सम्पर्क ः ९८४१००५०१०

(संक्षेपमा कवि परिचय:काभ्रेपलाञ्चोक जिल्ला मेथिनकोट गाविस वडा २ (हाल नमोबुद्ध नगरपालिका वडा नं। ४) मा जन्मी ४० वर्षे शिक्षण पेशाबाट अवकास प्राप्त जीवन व्यतीत गर्दै हरपल साहित्य सिर्जनामा तल्लिन व्यक्तित्व हुन् –हरिकृष्ण सिलवाल । उनका प्रकाशित कृतिहरु वि।सं २०२८ सालमा ‘मेरो कल्पना कविता संग्रह, वि.सं. २०५८ मनैभरि माया गीतिकविता संग्रह र वि.सं.। २०६५ मा ‘तिमी हामी साथी’ बालकविता संग्रह प्रकाशित छन् । उहाँका कविता र लेखरचना राष्ट्रियस्तरका दैनिक, साप्ताहिक एवं मासिक पत्रपत्रिकामा समेत प्रकाशित छन् । )

प्रतिक्रिया