सबिता भण्डारीको माइती चितवन पुगे न्याय माग्न,चलखेलको रहस्य खुल्दै (भिडियो सहित)

इनेप्लिज २०७८ असार १ गते २:५८ मा प्रकाशित

दुई साताअघि चितवनमा एक महिलाको शंकाष्पद मृत्यु भयो । २८ वर्षीया सविताको मृत्यु स्वभाविक नभएको भन्दै उनको माइती पक्ष प्रहरीमा किटानी जाहेरी दिए । मुद्दा अदालतमा बिचाराधीन छ । तर, अहिले यो घटनासँग सम्वन्धित विभिन्न पात्रका थरिथरि बयान यूट्यूवमा भाइरल छन् ।यति मात्रै होइन, सविताका संवेदनशील अडियो-भिडियोलाई पनि यूट्युवरले छताछुल्ल बनाएका छन् । अनि ती अडियो-भिडियोमा लिपसिंक गरेर टिकटकमा भाइरल बन्न खोज्नेको अर्को समूह छ । यस्तो विकृतिलाई नियन्त्रण गर्न प्रहरी-प्रशासनले खासै चासो दिएको छैन

सात वर्षअघि वैशाख ३ गते सविताको चितवनका योगेन्द्रकुमार धितालसँग मागी विहे भएको थियो।घरमा श्रीमान,ससुरा,सासु र एक पाँच वर्षीय छोरा छन्।गत वैशाख ४ गते सविता आफ्नै कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेकी थिइन्।परिवार र छरछिमेकीले उनलाई चितवन मेडिकल कलेजमा पुर्‍याएका थिए। अस्पताल लैजाँदा सम्म उनी जीवित रहेको बताइएको छ।तर,डाक्टरले उनको ज्यान जोगाउन सकेनन्।

माइती पक्षका अनुसार लामो समयदेखि सविता पारिवारिक कारणले तनावमा थिइन् । विवाहमा दाइजो नल्याएको निहुमा उनलाई प्रताडित गर्ने गरिएको बहिनी सजनीको आरोप छ । परिवारले उनलाई जबरजस्ती मानसिक तनावकाे औषधि खुवाउने गरेको पनि उनले बताएकी छन् । तर, श्रीमान योगेन्द्रले भने आफ्नी श्रीमती साँच्चै मानसिक समस्याको शिकार बनेको र चिकित्सकको परामर्शमा औषधि सेवन गराएको दावी गर्छन् । उनको दावीअनुसार बिहे गर्दा नै सविता मानसिक तनावकाे समस्यामा थिइन् ।

सजनीले सार्वजनिक गरेको एउटा अडियो सुन्दा सविता अत्यन्तै विक्षिप्त अवस्थामा पुगेको प्रतीत हुन्छ।उनले रुँदै बहिनीसँग भनेकी छन्, म एकदमै कमजाेर भइसकेँ।अब म सक्दिनँ कान्छ ।म सँग बोल्ने आँट पनि छै ।म एकदम निराश भइसकेँ।धेरै बलियो हुन खोजेँ तर,भित्रबाट नै कमजार भइसकेँ।म दिन दिनै यो पीडा सहन सक्दिनँ।’

ह त्या कि आत्महत्या ? घटना पछि मृतकका माइती पक्षले यसलाई सहजरुपमा लिन सकेनन्।सविताको हत्या गरिएको वा मानसिक-यातना दिएर आत्महत्याका लागि वाध्य पारिएको उनीहरुले आशंका गरेका छन्।प्रहरीको प्रारम्भिक अनुसन्धानले आत्महत्या ठहर्‍याएको थियो।सविताले आफ्नै कोठामा पासो लगाएर झुण्डिएको प्रहरीले जनाएको छ।

मृतकको पोस्टमार्टम रिपोर्टमा मृत्यूको कारण ‘ह्याङ्गिङ’ (झु ण्डिएको) भनिएको छ।जिल्ला प्रहरी कार्यालयक चितवनका प्रहरी नायव उपरिक्षक (डीएसपी) सुर्य बहादुर थापाले घटनाको वस्तुस्थितिले हत्या नदेखिएको बताए।तर,आत्महत्याका लागि दुरुत्साहन गरिएको प्रहरीको अनुसन्धानले देखाएको उनको भनाइ छ।

नेपाल प्रेस सँग डीएसपी थापाले भने,‘यो आत्महत्या दुरुत्सा हनको घटना हो भन्ने प्रहरीकाे प्रारम्भिक निष्कर्ष हो।हामीले आफ्नो तर्फबाट सबै प्रमाण सहितको प्रतिवेदन अदालतमा बुझाइसकेका छौं।अन्तिम निर्णय अदालतबाटै हुने हो।हामी आफ्नो तर्फबाट अदालतलाई सबै सहयोग गर्छौं।’

सविताका माइती पक्षको भनाइमा परिवारबाट उनले लामो समयदेखि विभिन्न खाले यातना भोग्दै आएकी थिइन्।श्रीमानले मदिरा सेवन गरेर पिट्ने गरेको उनीहरुको आरोप छ।त्यो भन्दा संवेदनशील चाहिँ ७५ वर्षका ससुराले सवितालाई यौन दुर्व्यवहार गरेको बताइएको छ।घटना लगत्तै माइती पक्षको किटानी जाहेरीका आधारमा प्रहरीले सविताका श्रीमान योगेन्द्र कुमार धिताल,ससुरा रमेश कुमार धिताल र आमाजु भावना ढकाललाई पक्राउ गरेको थियो।उनीहरु सबै धरौटीमा छुटेका छन्।

https://www.youtube.com/watch?v=AEKPsd7o_AY

प्रतिक्रिया