१८ बर्षे नर्सको रहस्यमय मृ’त्यु कोठामा सधैं केटाहरु आउथे, बाथरूममा बे’होस,कसरि भिज्यो बिस्तार ?

इनेप्लिज २०७८ जेठ ३१ गते २३:१९ मा प्रकाशित


झापाको दमकस्थित लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेडियोलोजी तेस्रो वर्षमा अध्ययनरत एक छात्राको रहस्यमय मृत्यु भएको छ।दमक नगरपालिका–५ स्थित एक घरमा कोठा भाडामा लिएर अध्ययन गर्दै आएकी इलामकी सेजला कोइरालाको बुधबार साँझ रहस्यमय मृत्यु भएको हो।

घटनास्थलमा केही शंकास्पद वस्तु पनि फेला परेका छन्।उनका आफन्तहरुले घटना रहस्यमय भएको बताएका छन्।भक्तवहादुर कोइराला सेजलको ठूलोवुवाले ५ वजे घटना भएको र ८ वजे प्रशासनले जानकारी पाएको भन्ने बारेमा आफुहरुले ९ वजे मात्र थाहा पाएको बताएका छन्।आफुले सेजलालाई एकै पटक अस्पतालमा फेला पारेको बताएका छन्।

इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवराज कार्कीका अनुसार सेजलाको शव धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका लागि पठाइएको छ।साथै प्रहरीले मृत्युको कारणबारे अनुसन्धान भै रहेको जनाएको छ।

सेजलालाई बेलुकी करिब ५ः०० बजे साथीले मोबाइलमा सम्पर्क गरेका थिए।त्यसक्रममा मोबाइल नउठेपछि साथी कोठामा पुग्दा उनलाई शौचालयको कम्बोर्टमा बे(होस अवस्थामा भेटेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए।

उनलाई तत्कालै लाइफलाइन अस्पताल पुर्याइए पनि बचाउन नसकिएको सेजलाका साथीहरुले बताएका छन् । घटनालगत्तै सेजलाका अभिभावक इलामबाट दमक पुगेका थिए।

सेजलाको मृत्यु रहस्यमय भएको भन्दै निष्पक्ष छानविन गर्न प्रहरीमा आफन्तले जाहेरी दिएका छन्।प्रहरीले भने तत्काल मृत्युको कारण थाहा पाउन परीक्षणलाई प्राथमिकता दिएको बताइएको छ।सेजलाको शव प्रहरीले नभएर अन्य केही युवाहरुले अस्पताल लगेको आफुहरुले जानकारी पाएको भन्दै युवतीको ठूलोवुवाले घटना रहस्यम भएको बताएका छन्।

प्रतिक्रिया