कछुवा सहित चार जना पक्राउ

इनेप्लिज २०७८ जेठ ३० गते १७:३० मा प्रकाशित

विराटनगर,३० जेठ।मोरङको सुनवर्सि नगरपालिका –८ सिक्टी स्थित विश्वकर्मा कुडेली सडक खण्डबाट कछुवा सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

सिक्टिमा खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा दक्षिणबाट उत्तर तर्फ आउदै गरेको मे १० प ५६२ नम्वरको मोटरसाईकल चेक जाँच गर्ने क्रममा जिउँदो आठ केजीको एक थान कछुवा सहित चार जनालाई शनिवार साँझमा पक्राउ गरेके हो।

पक्राउ पर्नेहरुमा पथरीशनिश्चरे नगरपालिका– १ वस्ने वर्ष ४३ को जीवन गुरुङ ,सुनवर्षी नगरपालिका –१ केचना शुक्रवारे वस्ने वर्ष २५ का मेघराज थापा का साथै सँगै आउने को २३ प ५९३१ नम्वरको मोटरसाईकल चालक वर्ष २१ निरज खडका र आकाश रायमाझी समेत प्रहरीले पक्राउ गरेको छ।निजहरुको साथबाट आकाश रायमाझी जीवन गरुङ,हेम भक्त गुरुङ,रिना गुरुङ,सरस्वती गुरुङ,डिल्ली बहादुर थापा र अल्फारु खातुनको सक्कल नेपाली नागरिकता समेत फेला परेको प्रहरीले जनाएको छ।

निजहरुलाई सव डिभिजन वन कार्यालय रंगेलीका सहायक वन अधिकृत नरेन्द्र प्रसाद गुरागाईलाई कछुवा सहित जिम्मा लगाएको ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्काले जानकारी दिनु भयो।

प्रतिक्रिया