गण्डकीका मुख्यमन्त्री पोखरेलले मन्त्रिपरिषद् विस्तारअघि विश्वासको मत लिने

इनेप्लिज २०७८ जेठ ३० गते ३:०३ मा प्रकाशित

शनिबार गण्डकी प्रदेशको मुख्यमन्त्रीका रुपमा सपथ लिएका नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिन एक महिना नकुर्ने भएका छन् ।

शनिबार मुख्यमन्त्री पदमा सपथ लिएपछि उनले चार जनालाई मन्त्रीका रुपमा सपथ पनि खुवाएका छन् ।

आफूले बहुमत पुर्याउन सक्छु भनेर गरेको दाबीलाई प्रदेश प्रमुखले मान्यता दिएपछि उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई प्रदेश सभामा प्रतिनिधित्व गर्ने नेकपा (एमाले)बाहेकका सबै दल र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)ले समर्थन गरेका थिए ।

६० सदस्यको प्रदेशसभामा ३१ जनाको समर्थन लिएर मुख्यमन्त्री बनेका पोखरेलले अब मन्त्रिपरिषद् विस्तार गर्नुअघि नै विश्वासको मत लिने भएका छन् । संवैधानिक प्रावधानअनुसार मुख्यमन्त्रीमा नियुक्त पोखरेलले अब ३० दिनभित्र विश्वासको मत लिनु पर्ने हुन्छ ।

प्रतिक्रिया