मिराज अर्यालको निर्देशनमा ‘म मजदुर मायाको’ भिडियो सार्वजनिक

इनेप्लिज २०७८ जेठ २९ गते १४:१७ मा प्रकाशित

गायक केशव भावुकको नयाँ गीत ‘म मजदुर मायाको’ भिडियो सार्वजनिक गरिएको छ।गीतकार नमिता दवाडीको शब्द शृजनामा गायक भावुकको स्वरमा तयार भएको गीत बजारमा आएसँगै चौतर्फी चर्चा सुरु भएको छ।

कोरोना महामारीको समयमा सांगीतिक बजार सुस्ताएका बेला गायक भावुक र गीतकार नमिता मिलेर ल्याएको गीतले सांगीतीक माहोल तात्तिएको छ।म मजदुर मायाकोमा प्रेम, विरह र विछोडका कथालाई मुख्य विषय बनाइएको छ।

जसले दर्शकको मन छुने विश्वास गायक भावुकले लिएका छन्।गायक भावुककै संगीत रहेको गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन्।अशोक मर्हजनको मिक्सिगं रहेको गीतको छायांकन,सम्पादन र कलरिगं मिराज अर्यालले गरेका हुन्।जसको निर्देशन पनि अर्यालले नै गरेका हुन्।भिडियोको निर्माण महेश बाबु दवाडीले गरेका हुन्।

हेर्नुहोस् यो मर्मस्पर्शी भिडियो

प्रतिक्रिया