पहिलो पटक सबिताको लागि टिकटकमा न्यायको लागि बोल्ने मनुलाई आयो ज्यान मर्ने धम्की (भिडियो हेर्नुहोस् )

इनेप्लिज २०७८ जेठ २८ गते २१:४४ मा प्रकाशित

सविता भण्डारीको न्यायका लागी पहिलोपटक टिकटकमा भिडियो बनाउने मनु खड्कालाई मध्यरातमा ज्यान मार्ने धम्की दिएको भन्दै प्रमाण सहित मिडियामा आएकी छिन।ससुरा ले बुहारी को गोप्य अङ्गमा छुने जस्ता नराम्रा हर्कत गरेका भिडियोहरु एकाएक मिडियामा आएपछि अहिले माहोल तातिएको छ।

परिवारभित्रै असुरक्षित बनेका छन नेपालमा महिलाहरु भन्दै धेरैले यस घटनाको विरोध गरेका छन्।आफ्नै बुहारीमाथि कुदृष्टि लगाउने ससुरालाई देशव्यापी रुपमा कडा कारबाहीको माग भइरहेको छ।यद्यपि घटना निकै रहस्यमय रहेकाले प्रहरीले अनुसन्धान गरिरहेको छ।के हो त वास्तविकता त्यो आउन बाँकी नै रहेको छ।

सबिता भण्डारीको माइतीपक्षले हत्या नै गरेको हो भन्दै न्या यको माग गरिरहेका छन्।घटनाको प्रकृति हेर्दा आफै गरेको आ त्मह त्या होइन भन्दै देश तथा विदेशमा रहेका धेरै नेपालीहरुले चौतर्फी विरोध गर्दै आएका छन्।बुहारीलाई ससुराले छोरीको रुपमा हेर्नुपर्ने तर आफ्नै छोरी समान बुहारीलाई पटकपटक दु र्व्यवहार गरेपछि सहन नसकेर यस्तो भएको भन्ने अड्कल पनि धेरैले गरेका छन।सबैले आफ्नो आफ्नो धारणा राखिरहेका छन।यो विषयलाई लिएर सबैले पिडित परिवारले न्याय पाउनुपर्छ भनेर लागिपरेका छन।टिकटकमा पहिलोपटक सविता भण्डारीको विषयमा मनु खड्काले बनाएको भिडियो एकाएक चर्चित बनेको थियो।

सविताको बहिनीले भने अनुसार सम्पूर्ण कुराहरुलाई छोटो भिडियोमा समावेश गरिएको थियो उक्त भिडियोलाई धेरैले मन पराएका थिए।त्यहीबाट अन्य धेरै टिकटकरहरुले भिडियो निर्माण गरेका थिए।चौतर्फी सविताको न्यायको माग भइरहेको छ।मनु खड्कालाई भने मध्यरातमा धम्की आएको र आफु असुरक्षित भएको भन्दै प्रमाण सहित मिडियामा आएर यस्तो सम्म सुनाइन तलको भिडियो हेर्नुहोला।उनले आफू सत्यको पक्षमा रहेको र आफू मर्नु परे पनि पछि नहट्ने सधैं ल्याएकोमा गरिरहने बताउँदै उनलाई धम्की दिने लाई ठाडो चेतावनी दिएकी छिन तलको भिडियोमा हेर्नुहोला

प्रतिक्रिया