के सबिता भण्डारी डिप्रेसन कै शिकार भएकी थिईन ? सवितालाई के भएको थियो? डाक्टर र परिवारको मिलेमतो थियो त? हेर्नुहोस

इनेप्लिज २०७८ जेठ २८ गते १०:१४ मा प्रकाशित

सविता भण्डारी मृत्यु घटनाका बारेमा अहिले सामाजिक सञ्जालमा विभिन्न कुरा उठिरहेका छन्।माइती र घर पक्षकाहरु बीच उनको मृत्युको विषयमा फरक कुरा आएका छन्।माइती पक्षले घर परिवारका सदस्यले मृत्यु रोज्न बाध्य पारिएको दावी गरेका छन्।घर परिवारले सविता मनोरोगी भएको र उनले निकै कडा औषधि सेवन गरिरहेको बताउँदै आएका छन् ।

डा सैलेन्द्रराज अधिकारी जसले चितवन मेडिकल कलेजमा विगत ११ वर्ष देखि कार्यरत छन्।उनले नै सवितालाई जाँच गरेका रहेछन्।पहिलो पटक २०७७ चैतमा ८ गते डाक्टरकोमा गएको र दोस्रो पटक चैत ११ गते पनि जाँच गर्न गएको उनको कागजातवाट देखिएको छ।सविता भण्डारीको स्वास्थ्यको जाँच गरेका चिकित्सकले सविताको अवस्थाको बारेमा केही कुरा खुलाएका छन्।

डाक्टरले सविताको बारेमा मिडियामा यति धेरै कुरा वाहिर आएको बारे थाहा नपाएको बताए।उनको मृत्यु भइसकेको बारे अघिल्लो दिन मात्र थाहा पाएको बताए ।उनले अन्य डाक्टरहरुले अघिल्लो दिन मात्र कुराकानी गरेपछि मात्र उनले सविताको बारेमा थाहा पाएको बताए।उनले सविता एक जना महिलासंग उपचारका लागि आएको बताएका छन्।

डिप्रेशन भएर छिप्पिएर गएको उनले बताएका छन्।उनलाई मेजर डिप्रेशन डिसअडर भनेर उनले लेखेको पनि आफुले पाएको बताए।उनले सवितालाई अस्पताल भर्ना गर्नुपर्छ भनेर प्रेस्किप्सनमा आफुले लेखेको बताएका छन्।अस्पताल भर्ना गर्न उनीहरु नमानेर केही दिन पछि फेरी आउँछु भनेर उनीहरु गएर तीन दिन पछि फेरी आएको बताए।फेरी आउँदा पनि उनको अवस्था उस्तै नै आफुले पाएको बताए।

https://www.youtube.com/watch?v=k8x1hbBWStE&feature=emb_logo

प्रतिक्रिया