वीरेन्द्र रावल-धनगढी,जेठ २७।कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनीधि सभाको सदस्यमा निर्वाचित नेकपा एमालेका केन्द्रिय सदस्य एवं कैलाली ईन्चार्ज नारदमुनी राना लाई वन तथा वातावरण मन्त्री बनेका छन्।
नेता राना मन्त्री नियूक्ति भएपछि हालसम्म पश्चिम नेपालका कैलाली र कञ्चनपुर जिल्लामा बस्ने आदीवासी राना थारु मध्येबाट हालसम्म दुईजना राना थारु मन्त्री बनेका छन्।
पञ्चायतीकालमा स्व.राजा वीरेन्द्रले कञ्चनपुर जिल्लाको रैकवार विचवाका लवरु रानालाई मन्त्री बनाएका थिए।पञ्चायती शासन व्यवस्थाका हिमायी भएकै कारण स्व.राजा वीरेन्द्रले उनलाई २०३८ सालमा राष्ट्रिय पञ्चायत सदस्यमा नियुक्त गरेका थिए।
त्यसपछि २०४२ देखि २०४३ साल सम्म भूमि सुधार राज्य मन्त्रीमा नियूक्त भएका थिए।त्यसको ३५ बर्षपछि कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वार्ड नम्बर ८ का बासिन्दा नारदमुनी रानालाई मन्त्री परिषदको सिफारिसमा वन तथा वातावरण मन्त्रीमा नियूक्त भएका छन्।
राना थारु समुदायमा लोकप्रिय नारदमुनी राना अनेरास्ववियूमा २०४३ सदस्यता प्राप्त गरेका थिए ।२०४६ सालको जनआन्दोलनमा एक दिन थुनामा परेका राना २०४८ देखि ४९ सम्म नेकपा एमाले धनगढी वडानम्बर ८ को वडासचिव,२०४९ देखि २०५१ सम्म धनगढी नगरकमिटीको सदस्य,२०५१ देखि २०५३ सम्म नेकपा एमाले क्षेत्रिय समन्वय कमिटीको सदस्य,२०५६ देखि २०७२ सम्म अर्थात १६ बर्ष नेकपा एमालेको जिल्ला कमिटी सदस्य,जिल्ला सचिवालय सदस्य,२०७३ बाट नेकपा एमालेको बैकल्पीक केन्द्रिय सदस्य,२०७५ मा नेकपा एमालेको केन्द्रिय सदस्य हुँदै २०७७ मा सुदूूरपश्चिम सह ईन्चार्ज र कैलाली जिल्ला ईन्चार्जमा बाहल हुनुहुन्छ।
२०५४ सालमा धनगढी उपमहानगरपालिकाको उपप्रमूख पदमा निर्वाचित हुनु भएको थियो।२०६४ सालमा पहिलो संविधान सभाको सदस्य बन्नु भएका राना २०७४ को प्रतिनीधि सभाको निर्वाचनमा कैलाली जिल्ला क्षेत्र नम्बर ५ बाट प्रतिनीधि सभाको सदस्यमा शेर बहादुर देउवाका पन्ती आरजु राणालाई ४ चार हजार ८ सय मतको अन्तरले पराजित गर्नु भएको थियो।उहाँले २७ हजार २ सय ३२ मत प्राप्त गर्नु नारदमुनी राना सेती अञ्चल अस्पताल विकास समितिको अध्यक्ष,शिवनगर खानेपानीको अध्यक्ष रहेर साामाजिक कार्य गरिसक्नु भएको छ ।
ऋामा सुदामा देवी राना र बुधा रतिराम रानाका जेष्ठ पुत्रका रुपमा २०२९ साल बैशाखमा धनगढी गाँउमा जन्मिएका राना राजनीति शास्त्रमा स्नातकोत्तर पास गर्नु भएको छ।
राना र पहाडी समुदायमा लोकप्रिय रानाले पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा पत्नीलाई समेत कैलाली क्षेत्र नम्बर ५ बाट ४ हजार ८ सयको अन्तरले पराजित गरेपछि झनै चर्चामा आउनु भएको थियो।
रानाको लोकप्रियताकै कारण नेकपा एमाले विभिन्न समयमा राजनीतिक अवसरहरुपनि प्रदान गर्दै आईरहेको छ।
नेपालका कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्ने आदीबासी जनजाती मध्येको राना एकमात्र पर्दछ।राना थारुलाई नेपालमा सूचिकृत गर्ने कार्यमा रानाले संसदमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको छ।यस्तै कैलाली क्षेत्र नम्बर ५ को विकास निर्माणको कार्यमा पनि रानाले विगतका संसल सदस्यहरुको भन्दा निकै महत्वपुर्ण कार्यहरु समेत गर्दै आउनु भएको छ।
वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।
प्रतिक्रिया