सोझा युवतिलाईलाई होटेलमा लगेर रक्सी खुवाइ यस्तो सम्म गर्ने ति पुरुषहरुलाई यस्तो सजाय हुँदै (भिडियो सहित )

इनेप्लिज २०७८ जेठ २७ गते १०:०४ मा प्रकाशित

पछिल्लो समय प्रबिधिको तिब्र बिकास भएसंगै यौन जन्य अपराधहरु समेत बाहिरीन थालेका छन्।प्रबिधिको प्रयोग गलत रुपमा प्रयोग भईरहेको पनि छ।पछिल्लो पटक सबिता भण्डारीको मृत्यु प्रकरण देखी लिएर राउटे समुदायकी युवती माथिको यौन दुब्र्यवहारले सामाजिक सञ्जाल निक्कै गर्माएको छ।

यसै घटना मध्ये लोपउन्मुख राउटे समुदायकी युवतीलाई यौन दुब्र्यवहार गर्ने तिन जना युवाविरुद्ध जबरजस्ती कर णी को किटानी जाहेरी दर्ता भएको छ।ती युवकहरुले युवतीलाई मदिराले लट्ठ पारेर यौन दुब्र्यवहार गरेका थिए।उक्त भिडीयो सामाजिक सञ्जालमा आएपछि प्रहरीले र अन्य सरोकारवालाहरुले चासोका साथ यस घटनालाई लिएका थिए।

युवतीलाई मदिरा खुवाएर होटलमा लगेर यौन दुब्र्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा अपलोड भए पछि प्रहरीले आईतबार तिन जनालाई पक्राउ गरेको थियो । १९ र २३ वर्षकी ती राउटे युवतीहरूलाई यौन दुब्र्यवहार गरेको अरोपमा गुर्भाकोट नगरपालिका–९ का दोमनबहादुर घर्ती,भूपेन्द्र बुढा र होटल संचालक विनोद पुनका विरुद्ध मानव जबर्जस्ती करणीको मुद्दा चलाउन किटानी जाहेरी दिइएको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले किटानी जाहेरी दर्ता भइसकेको र थप अनुसन्धान भइरहेको जानकारी दिएको छ । पक्राउ परेकाहरुले आफुबाट अपराध भएको स्विकारी सकेको पनि प्रहरीले जनाएको छ।

प्रतिक्रिया