बूढीगण्डकी नदीले बगाउँदा तीन जना युवा बेपत्ता

इनेप्लिज २०७८ जेठ २७ गते ९:५७ मा प्रकाशित


बूढीगण्डकी नदीले बगाउँदा तीन जना युवा बेपत्ता भएका छन्।धादिङको ज्वालामुखी गाउँपालिका–२ जोगीटार गाउँमा आफन्त बितेपछि मलामी गएका सोही स्थानको तीन जनालाई मंगलबार दिउँसो करिब ३ बजेतिर नदिमा नुहाउने क्रममा बगाएको प्रहरीले जानकारी दिए।

बेपत्ता हुनेमा धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर २ बस्ने अन्दाजी २२ वर्षीय सुवास नेपाली,२२ वर्षीय दिनेश नेपाली र १९ वर्षीय सन्तोष नेपाली रहेका छन्।बेपत्ता भएकाहरुको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक जागेश्वर भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया