सविताकी आमाजू पहिलो पल्ट मिडियामा, बुवाले सविताको शरिरमा हात लगाएको भिडियोका बारेमा दिइन् यस्तो जवाफ

इनेप्लिज २०७८ जेठ २७ गते ९:४८ मा प्रकाशित

चितवनकी सविता भण्डारी घटनामा सबैभन्दा बढी आलोचना गरिएको पात्र हुन् भावना पौडेल।उनी सविताको अमाजु हुन्।सविताको घरमा अमाजुकै कुरा सुनिने र उनकै योजनामा घटना भएको आरोप लाग्दै आएको छ।युट्युव र टिकटकमा उनी र उनको परिवारका बारेमा भिडियो बनाइएका छन्।उनै भावना पहिलो पटक मिडियामा आएकी हुन्।

तेरो बुवाआमाको घटना मैले लिँदैछु भन्ने युट्युवर को हो ? उसलाई के अधिकार छ मेरो छोरीलाई यस्तो म्यासेज गर्ने ? युट्युवर र टिकटकवालाहरुले भ्युज कमाउने नाममा हाम्रो ब्यक्तिगत कुरालाई अनावश्यक रुपमा उचालियो।जिल्ला प्रशासन कार्यालय,अदालत, प्रहरी सबैले यो घटनामा अनुसन्धानमा सहयोग गरिरहेका छौं।प्रहरी प्रशासनले हामीलाई जतिबेला बोलायो उतिबेलै प्रस्तुत भएका छौं।सम्बन्धित निकायले अनुसन्धान गरिरहेको छ।

उनले सविताको शरिरमा ससुराले हात लगाएको भनेर सार्वजनिक गरिएको भिडियोको बारेमा पनि जवाफ दिएकी छन्।उनले आफ्ना आँखाको शल्यकृया गरेका कारण आँखा नदेख्ने र सेवा गरेको बेलामा गलत आशंका उब्जाउने गरी भिडियो खिचिएको उनको भनाई छ।उनले भनिन्, म पनि कसैको बुहारी हो मेरो ससुरा विरामी हुँदा आचि पनि मैले धोइदिनुपर्ने हुनसक्छ त्यो बेलामा मैले भिडियो बनाउने ?

उनले त्यस्तो नराम्रो थियो भने उतिबेलै किन यो कुरा उठेन ? भावनाले प्रश्न उठाइन्।घटना सबै छर्लङ छ,हामीले केही लुकाएका छैनौ तर त्यसको फैसला गर्ने अधिकार अदालतलाई छ।यसरी मिडिया र युट्युवरलाई मेरो परिवारको बारेमा यसरी बोल्ने अधिकार कसले दियो ? जति युट्युवरले मेरो बारेमा अनावश्यक रुपमा सडकमा बसेर, मध्यरातमा फेसवुकमा लाइभ आएर अनुमानको भरमा बोल्नेहरुको पनि जिवनमा कती घटना होलान् के मैले उनीहरुका बारेमा बोल्नु ?

 

प्रतिक्रिया