मुक्तक

अरुण नदी खत्री २०७८ जेठ २६ गते २:३२ मा प्रकाशित

मुक्तक १
कामको चापले बाह्रैै महिना फुर्सद भएन
राम्रो सोच्दै भलो गर्नेको याद आएन
देखावटी फोस्रो सोच कहिल्यै भएन
उनको मनको भावना बुझ्ने समय आएन ।
मुक्तक २
उनको मनको कुरा बुझ्न मेहनत गर्छु
परिश्रमको कदर गर्दै दायित्वबोध गर्छु
सज्जन बनी उनीसँग मिल्ने बाटो खुलोस्
भविष्यमा राम्रो अवसर हामीलाई मिलोस् ।
मुक्तक ३
म आगो हुँदा तिमी पानी भए झनै राम्रो
म छुच्चो हुँदा तिमी दानी भए झनै राम्रो
भन किन देखाउने गछर््यौ नौटङ्गीपन सधैँ
म कवि हुँदा तिमी कवयत्री भए झनै राम्रो ।
मुक्तक ४
मायाको मोलतोल र भाउ खोज्दैछन् मान्छेहरु
अहंकार र सम्मानको दाउ खोज्दैछन् मान्छेहरु
बिना कारण हामीबाट किन हो टाढा हुंदै गइरहेछन्
घमण्डले आफैं ठूलो नाउ खोज्दैछन् मान्छेहरु ।

सामाखुसी मार्ग,सरकारी धारा,
काठमाडौं

 

 

 

 

 

प्रतिक्रिया