द हिमालयन भाइब्सले सार्वजनिक गर्यो शून्य नामक छोटो चलचित्र

इनेप्लिज २०७८ जेठ २४ गते ११:३० मा प्रकाशित

डिएमभि क्षेत्रमा स्थापित “द हिमालयन भाइब्स” ले आफ्नो युट्युब च्यानल मार्फत “शून्य” नामक छोटो चलचित्र लिएर दर्शक सामु आएका छन्। सो छोटो चलचित्र लागु पद्धार्थ दुर्ब्यशन र पुनर्स्थापना सम्बन्धि जनचेतना जगाउने हेतुले बनाएको कुरा “द हिमालयन भाइब्स” का एक संस्थापक रवि शाक्यले बताउनु भएको छ।

यो चलचित्रमा लागु पद्धार्थ दुर्व्यसन पश्चात पुनर्स्थापनाबाट फर्केकाहरुलाई समाज र परिवारको साथ कति महत्वपुर्ण छ र सो नभएमा कस्ता परिणामहरू हुन सक्छन् भन्ने कुरा दर्शाउन खोजिएको छ।

यस छोटो चलचित्रमा रवि शाक्य र मिला श्रेष्ठले मूख्य भूमिका खेलेका छन्। रोशन लाल श्रेष्ठ द्वारा परिकल्पित, लिखित र निर्देशित सो चलचित्र, मेधावी मोहन रंजितले छायाँकन गरिएको हो र यसका निर्माण प्रमुख जिम श्रेष्ठ हुनु हुन्छ।

द हिमालयन भाइब्स बिगत एक बर्ष देखि सक्रिय रुपमा फेसबुक र युट्युबच्यानल मार्फत विभिन्न प्रकारका सामाग्रीहरु लिएर दर्शकहरु सामु आइरहेका छन् I छोटो अबधिमा नै सो समुहले दर्शक माझ राम्रो स्थान बनाउन सफल भएका छन् भने दर्शकहरुबाट पनि राम्रो प्रतिक्रिया पाइरहेका छन् I

उहाँहरुको भनाइ अनुसार उहाँहरुको सामग्री धेरैजस्तो सामाजिक संदेश र मनोरंजन दिने खालका हुन्छन् I यो छोटो चलचित्र सोहि उद्येश्य मध्यको हो I यो भन्दा अगाडी द हिमालयन भाइब्सले कोविड्-१९ सम्बन्धि जनचेतना जगाउने छोटो चलचित्र “धिक्कार कोरोना” पनि युट्युब च्यानल मार्फत प्रदर्शन गरेका थिए I सो छोटो चलचित्र नेपालका राष्ट्रिय टेलिभिजनमा पनि प्रदर्शन गरिएको थियो I

प्रतिक्रिया