चर्चित गायक रवि रिमालको व्यङ्यात्मक गीत “नेताज्यु तिमीलाई माझी औंला” (भिडियोसहित)

इनेप्लिज २०७८ जेठ २१ गते १३:५६ मा प्रकाशित

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारिको नियन्त्रण तथा रोकथामका लागि अहिले विभिन्न देशमा लकडाउन भईरहेको अवस्था छ । देशमा बिधमान विभिन्न नकारात्मक असरका कारण जनताले धेरै दुस्ख कष्टको सामना गर्नु परिरहेको अवस्था छ । यस्तै अवस्था रहेमा देशमा ठुलै संकट आउछ भन्ने पनि विज्ञको भनाइ रहेकोछ । रोगले मार्ने त एकातिर छंदैछ भने अर्को तिर भोकले पनि मर्ने अवस्था आइरहेको छ ।

देशमा भईरहेको भष्ट्राचार, आर्थिक कृयाकलाप, डामाडोल अर्थतन्त्र, मंहगी, अस्तव्यस्त राजनीतिक अवस्थालाई व्यङग गर्दै लोकप्रिय चर्चित गायक रवि रिमालको स्वरमा रहेको ‘नेताज्यु तिमीलाई माझी औंला’ भन्ने बोलको गीत सार्वजनिक गरिएको छ ।

गीतमा उनलाई र्याप गांउदै आयुस प्रतीक अधिकारीले प्रतिकरात्मक शैलीमा र्याप प्रस्तुत गरेर साथ दिएका छन । गायक रिमालकै भिडियो निर्देशन रहेको यस गीतमा शब्द, संगीत, संगीत संयोजन र मिक्सिङ मास्टरिङ्ग पनि उनकै रहेको छ । सधैं जसो रोमान्टिक र डान्सिङ गीत गाएर दर्शक श्रोतालाई मनोरञ्जन दिंदै आएका गायक रवि रिमालले यस्पाली केही फरक प्रस्तुति सहित गीतमा रोग, भोक अनि शोकमा डुबेका तीन करोड नेपालीमा समर्पित जनताको रगत चुसेर ढाडिएका जुका रुपी नेता भनाउँदाहरु प्रति लछित सम्पुर्ण नेपालीहरुको सामुहीक आवाज रहेको गायक रिमालले बताए ।

सुमन कुमार श्रेष्ठको छांयाकन रहेको भिडियोलाई फराज अर्पनले सम्पादन गरेका हुन । एक्यु बिट फ्याक्ट्री र डि सिरिजको प्रस्तुति रहेको भिडियोलाई डि सिरिजकै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । यस्तो लकडाउनको अवस्थामा पनि आफ्नो अमुल्य समय दिने टिम लगायतलाई मनैदेखि धन्यवाद दिएका छन र सम्पूर्ण नेपालीहरुलाई एकचोटी गीत सुनिदिन र भिडियो हेरिदिन पनि गायक रिमालले आग्रह गरेका छन ।

प्रतिक्रिया