आयरल्यान्ड विरुद्ध नेदरल्यान्डको रोमाञ्चक जीत

इनेप्लिज २०७८ जेठ २० गते १:४७ मा प्रकाशित

आयरल्याण्ड विरुद्धको पहिलो एकदिवसीय खेलमा नेदरल्याण्डले रोमाञ्चक जीत हात पारेको छ । हिजो भएको खेलमा नेदरल्याण्डले १ रनको जीत हात पारेको हो ।

आइसिसी पुरुष विश्वकप सुपर लिग क्रिकेट अन्तर्गतको आफ्नो पहिलो एकदिवसीय क्रिकेटमा नेदरल्यान्डले आयरल्यान्डलाई १ रनको झिनो अन्तरले पराजित गरेको हो ।

खेलमा पहिले ब्याटिङ गरेको नेदरल्यान्डले निर्धारित ओभरमा अलआउट हुँदै १ सय ९५ रन बनाएको थियो । नेदरल्यान्डका टिम भान डेरले ४९ रन जोड्दा लोगान भान विकले २९ रन बनाए । शफिक जुल्फिकर र म्याक्स ओडोले २३/२३ रन बनाए ।

नेदरल्यान्डका लागि बास डी लिडले २१ तथा स्टेफेनले २० रन जोडे । यता आयरल्यान्डका जोस लिटल र क्रेग योङले ३/३ विकेट लिए ।

१ सय ९६ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रेको आयरल्यान्डले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ९४ रन मात्र बनाउन सक्यो ।

आयरल्यान्डका पाउल स्ट्रर्लिङले ६९ रनको अर्धशतकीय इनिङ्ग खेले । यस्तै सिमि सिंहले ४५ रन बनाए ।नेदरल्यान्डका पिटर सिलारले ३ तथा लोगान भान बिकले २ विकेट लिए । दुई टिमबीचको दोस्रो खेल शुक्रबार हुनेछ ।

प्रतिक्रिया