अमेरिकामा बसोबास गर्नु हुने समाजसेवी Hem Thapa ले Hem&Maya Foundation मार्फत कमलबजार मुली अछाम स्थित श्री कालिका आधारभूत विद्यालयको दान सहयोग बाट निर्माणाधीन दुई कोठे पक्की भवनका लागि रु २०,०००/- सहयोग रकम प्रदान गर्नु भएको जानकारी विद्यालयका प्रधानाध्यापक देवेन्द्र सञ्ज्यालले दिनु भएको छ।
विगत लामो समयदेखि नेपाल र नेपालीको हरेक दुःख कष्टमा सहयोग गर्दै आउनुभएको वहाँले अरुबाट एकसुको पनि नउठाइ आफ्नै कमाइबाट नेपाल र नेपालीको हरेक दुःख कष्टमा सहयोग गर्ने गरी फाउन्डेशन स्थापना गरिएको बताउनु भएको छ।
वहाँले आजसम्म करिब १४ करोड रुपैयाँ बराबरको सहयोग रकम नेपाल पठाइसक्नु भएको छ।
प्रतिक्रिया