नेपाली जनप्रगतिशिल मंच कतारले एकलाख पठायो

इनेप्लिज २०७८ जेठ १६ गते ५:४९ मा प्रकाशित

कतार ।
नेपाली जनाप्रगतिशिल मंच कतारले कोरोना महामारी विरुद्ध हातेमालो अभियानमा संकलन गरिएको रकम सार्वजनिक गरेको छ ।

संगठनले अन्तर्राष्ट्रिय समन्वय बिभाग माओवादी केन्द्रको खाता मार्फत आज कार्यलयको बैंक खातामा जम्मा गरि उक्त रकम सार्वजनिक गरेको हो ।

नेपालमा कोरोना महामारीमा उपचारमा कठिन जीवन बिताइरहेका स्वदेशीलाई संगठनले सुचारु गरेको अभियानमा नेपाली एक लाख संकलन गरेको हो ।

उक्त अभियानबाट सङ्कलन भएको रकम अन्तर्राष्ट्रिय बिभाग माओवादी केन्द्रको समन्वयमा केन्द्रिय कार्यलय काठमाडौ मार्फत हस्पिटललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिने संठनका अध्यक्ष रकमध्वज राईले जानकारी दिनुभयो ।

संगठनले कतारमा आर्थिक संकलन संयोजक अमित गौतम सदस्य बुद्धि प्रसाद भण्डारी ,अब्दुल खालिद दिपक भट्टराई , तिलक राम भुसालको सक्रियतामा आफ्ना पदाधिकारी , सदस्यहरू मार्फत सहयोग संकलन गरेको थियो ।

अन्तर्राष्ट्रिय बिभाग माओवादी केन्द्रले स्वदेशमा परेको स्वास्थ्य कठिनाई लाई मध्य नजर गर्दै एक करोड जम्मा गर्ने निर्णय सहित प्रबासमा रहेका नेपाली जनप्रगतिशिल मंचहरुलाई परिपत्र गरेको मंचका गल्फ संयोजक शनिकुमार ओलिले जानकारी दिनुभयो ।

No description available.

प्रतिक्रिया