स्याङ्जाको वालिङ्ग नगरपालिकालाई अक्सिजन सिलिन्डर सहयोग

इनेप्लिज २०७८ जेठ १५ गते २२:४० मा प्रकाशित

एनआरएनए अफ्रिकाको नेपालमा तत्काल अक्सिजन सहयोग अभियान अन्तर्गत आज स्याङ्जाको वालिङ्ग नगरपालिकालाई ५० थान रिफिल अक्सिजन सिलिन्डर सहयोग गरिएको छ ।

प्रस्ताबित आइभोरी कोस्ट एनसिसी , अफ्रिकाको तर्फ बाट कृष्ण डुम्रेले आर्थिक सहयोग र संयोजन गर्नु भएको उक्त अक्सिजन सिलिन्डरहरु नगर प्रमुख दिलिप प्रताप खाण मार्फत त्यहाँका अस्पताल र स्वास्थ्यकेन्द्रमा प्रयोग गरिने गरि सहयोग गरिएको हो ।

गैरआवासिय नेपाली संघ, अफ्रिका क्षेत्रका राष्ट्रिय समन्वय समितिहरुको नेपालमा तत्काल अक्सिजन सहयोगको अभियानले यस अघि ११ जिल्लामा ११५ थान अक्सिजन सहितको सिलिन्डर ( खरिद सहित ) र ११२५ रिफिल अक्सिजन सिलिन्डर ११ जिल्लाका विभिन्न अस्पतालहरुमा हस्तान्तरण गरिसकेको छ ।

प्रतिक्रिया