बि स.१८६० दशकमा काजी दामोदर पाँडे ले एउटा विशेष परिवेश मा फरक प्रसङ्ग मा प्रयोग गरेको शब्द हो फिरङ्गी!इस्ट इन्डियन कम्पनी का प्रतिनिधि हाम्रा सत्रुहुन।यिनिहरुबाट सजग सचेत हुनुपर्छ भनेर अङ्ग्रेज हरुलाइ संकेत गर्दै भन्नुभएको कुरा।” अब यस्तो कहिल्यै नहोस् भन्ने – बाबुराम आचार्य को किताब मा पढ्न पाइयो।त्यति मात्रै हैन १९२१ मा भारतीय चर्चित फिल्मकार राजु डिङ्ग्राले पनि अंग्रेज़हरुले भारतमा पारेको प्रभाव हरुको उल्लेख गरेर फिरङ्गी नामको फिल्म बनाउनु भएको रहेछ।मैले यो शब्द को प्रयोग किन गरेको त भने, हामी नेपाली ले प्रायः भन्ने गर्छौ नेपाल मा वैदेशिक हस्तक्षेप भयो यिनिहरुको प्रत्यक्ष / अप्रत्यक्ष प्रभाव पर्न थाल्यो।यी यसरी हस्तक्षेप गर्ने,दवाव दिने को हुन् त? यस्तो कहिले देखि गर्न थालेको होलान् ? यी र यस्तै विषयमा अध्ययन को क्रममा मेरो अध्ययन र बुझाइबाट प्रष्ट के कुरामा छु त भन्दा इतिहास को विभिन्न काल खण्डमा अनेकौं यस्तो हस्तक्षेप र दवाव तत्कालीन हाम्रो नेतृत्व ले भोग्नु भएकै हो।साम्राज्यवाद र बिस्तारवाद का नाममा यस्ता प्रकारका हस्तक्षेप कारी र दमनकारी हरुलाइ लेखकरुले फिरङ्गी भन्ने सब्दले सम्बोधन गर्नुभएको होला!।यी र यस्ता प्रकार का फरङ्गिहरुले जतिसुकै दबाब दिए पनि दमन र हस्तक्षेप गर्न खोजे पनि नेपाली वीर पुर्खाहरुको बिरताबाट संरक्षित र शासित मुलुक हो।
आधुनिक नेपाल निर्माण देखि विभिन्न समयमा अनेकौं प्रकारका आरोह अवरोह पार गर्दै अनेकौं चुनौती को डटेर सामना नगरेको भए सायदै हामी यो अवस्थामा हुने पो थिएनौ कि?जुनकुरा हामी स्वाभिमानी नेपाली हरुले बिर्सिने कुरै भएन। शिर्षक नै फिरङ्गी भए पछि विषय बस्तुको उठान र बिसान यसै भित्र खोज्ने प्रयास गरेको छु। काजी कालू पाँडे र भारतीय फिल्मकारले यो शब्द किन प्रयोग गरेको रहेछन् भनेर गहिरो अध्ययन गर्ने हो भने प्रष्ट हुन्छ कि ती फिरङ्गिहरुले हामीलाई मात्रै हैन भारतीयहरुलाइ पनि दु:ख दिएको देखिन्छ। मैले पनि उहाँहरु( कालू पाँडे र राजु डिङ्ग्रा) बाट शब्द सापटी लिएर त्यही शब्द प्रयोग गर्न रुचि राखे । यी फिरङ्गी भेषधारी हरुले उहिल्यै देखि दु:ख दिदै आए र आज सम्म पनि अनेकौं रुप रङ्ग वा भेष मा हस्तक्षेप गरिरहेका छन् ।यी कहिल्यै NGO / INGO को नाममा कहिल्यै जात धर्मको नाममा त कहिल्यै विविध प्रकारको अनुदान र सहयोग को नाममा देशको कुना कन्दरा सम्म पुगेर हाम्रो हैन आफ्नो उद्देश्य पूरा गर्दैछन्।
हाम्रा पुर्खाहरुको साहसिक र सुझबुझपुर्ण शासन शैलीबाट हामी कसैको उपनिवेश हिजो देखि आजसम्म बनेनौ।र भोलि पनि बन्ने छैनौ। तर यी र यस्ता विविध भेष धारी फिरङ्गी हरुलाइ समयमै चिन्न नसक्नु र चिनेर पनि यिनका गतिविधि लाई नियन्त्रणमा लिन न सक्नु हाम्रो नेतृत्व चुकेको देखिन्छ। हामीलाई भोकले मर्न पनि नदिने र उच्च बिकसित देश हुन पनि नदिने ,देखि नेपाल को सामरिक भू- राजनीति को फाइदा उठाउदै संसार को पहिलो शक्तिशाली देशको दाबी गरिएको संसारको दोस्रो शक्तिशाली देश चीन र संसार को छैटौं शक्तिशाली देश भारत का गतिविधि नजिकै बाट नियाल्न पाइयोस् जसले थप गतिविधि गर्न मात्रै नभै भारतमा पस्चिमाहरुको प्रभाव पार्नसकियोस् चीन को प्रभाव नेपाल मा न परोस् जस्ता उद्देश्यबाट यी फिरङ्गिरुको नेपाल यात्रा जारी छ।
डा.युवराज सङ्ग्रौला को south asia china geo economic भन्ने पुस्तक को आधारमा २०४६/४७ को परिवर्तन सम्म आइ पुग्दा हाम्रो आर्थिक वृद्धिदर १६% थियो।जब २०४८ सालमा गिरिजाप्रसाद कोइराला को नेतृत्व मा नेपाली काङ्ग्रेसको बहुमत को सरकार बन्यो जनताको ठूलो अपेक्षा थियो यो सरकारले केही गर्छ भन्ने।यो कुरा कसैले चाल पाएर यश सरकार लाई अलोकपृय बनाउनुपर्छ भन्ने अनेकौं खेल खेले ।नवउदारवाद को नाममा नेपालमा रहेका उधोग कल कारखाना हरु जस्तै : बालाजु औद्योगिक क्षेत्र ,हेटौंडा औद्योगिक क्षेत्र ,बुटवल औद्योगिक क्षेत्र ,धरान औद्योगिक क्षेत्र ,बिराटनगर औद्योगिक क्षेत्र ,बिरगंज औद्योगिक क्षेत्र लगाएत ६ सय भन्दा बढी साना ठुला उधोगहरुलाइ खतम गरियो। डा. सङ्ग्रौला कै अनुसार बालाजु औद्योगिक क्षेत्रबाट उत्पादित पेल्टिङ्ग सेट र वाटर पम्पहरु सिक्किममा बिक्रि हुदा रहेछन् भने बिरगंज औद्योगिक क्षेत्र बाट उत्पादित कृषि औजार हरु हला हरु भारत को बिहार लगाएत का स्थानमा बिक्रि हुँदा रहेछन्। नेपाल मा उत्पादन हुने गलैंचा चिया लगाएत थुप्रो बस्तुहरु भारत लगाएत तेस्रो मुलुकमा पनि हाम्रो उत्पादित बस्तु निर्यात हुने गरेको रहेछ।यी उद्योग हरु संगै नेपाली काङ्ग्रेस पार्टी फुटाइयो पाँच बर्ष को लागि चुनिएको बहुमत को सरकार ले पूरा कार्यकाल बिताउन सकेन देशमा मध्यावधि चुनाव गरियो। चुनाव मा कसैले पनि बहुमत ल्याउन सकेन नेकपा एमाले को अल्पमत को सरकार बन्यो। यसले अत्यन्तै लोक प्रीय कार्यक्रम ल्यायो र जनतामाझ स्थापित हुने छनक देखाइ सकेपछि एमाले को संगठन छिन्नभिन्न पार्न र जनता बाट टाढा बनाउन यश पार्टी लाई NGO/INGO भारी बोकाइयो। डा. संग्रौला लेख्नु हुन्छ- २०५१ सालसम्म १२/१३ हजार NGO/INGO काम गर्थे भने एमाले को नौ महिने सरकार मा४३ /४४ हजार NGO/INGO पुगेछ्न।
श्रमजीवी सर्बहारा बर्गको अधिनायकतब स्थापना गरि पिछडिएको जाती क्षेत्र बर्ग समुदायको अधिकार को निम्ति माओवादी ले२०५२ साबाट शुरू गरेको जनयुद्ध ले जनताको मन जित्दै सफलता हासिल गर्दै थियो ,त्यही मौका छोपी धर्म सस्कृती र सस्कृत शिक्षाको बिरुद्ध मा सामेल गराइयो। त्रिभुवन विश्व विद्यालय जस्तो संसारकै ख्यातिप्राप्त संस्था लाई उपनिवेश बनाइयो ।नेपाल मा कलेज टप गर्ने तिक्ष्ण बुद्धि भएका विद्यार्थिहरुलाइ विभिन्न बाहानामा बिदेश लैजाने नीति योजना बनाइयो।जसले गर्दा नेपाल को दक्ष जनशक्ति पलाएन हुने क्रम जारी छ।
नेपाली भाशा माथी आक्रमण गर्न खोजियो।त्यति मात्रै हैन मधेस वादी दलहरुलाइ एक मधेस एक प्रदेश को आन्दोलन गर्न लगाइयो ।यी र यस्ता जातीय भौगोलिक अनेक प्रकारको द्वन्द र आन्दोलन को सृजना गराइयो।यसरी देश र जनताको हितमा काम गर्न चाहने लामो राजनीतिक यात्रा बाट आएका नेताहरु लाई पाखा लगाइयो।अवसरवादी र यी फिरङ्गिहरु संग उठ बस भएका आफू लाई पठिट भनाउदाहरु पार्टीको हरेक संरचनामा अगाडि आए।कर्मचारी देखि राज्यको विभिन्न अंगहरुको तालिम संचालन तथा निति नियम बनाउने र योजना निर्माण गर्ने सम्मको कार्यमा समेत यिनिहरुको प्रबेश भएको देखिन्छ। यसरी हेर्दा काङ्ग्रेस लाई नवउदारबाद को भारी बोकाएर उधोग धन्दा र कलकारखाना ध्वस्तै पारियो। एमाले लाई NGO/INGO को भारी बोकाइयो माओवादी लाई धर्म संस्कृति र संस्कृत शिक्षा को विरुद्ध प्रयोग गरियो। त्यसै गरि आदिवासी जनजाती र मधेसी लाई अनेकन भारी बोक्न लगाइयो।जानी या न जानी हाम्रो राजनीतिक नेतृत्व ले यी यस्ता प्रकारका योजनाहरुको समयमै ब्यबस्थापन गर्न न सकेकै हो।हाम्रो नेतृत्व को समयमै यस्ता कुरामा ध्यानाकर्षण गराउन चाहन्छु।सदियौ देखिका झाङ्गिएका यिनिहरुका जराहरु पत्ता लगाइ यिन को बढ्दो प्रभाव लाई अनिवार्य घटाउनु पर्छ।यिनिहरुले पैसाको खोलो बगाए पनि नेपाल को बिकास हुनेवाला छैन।यश देशमा राजनीतिक स्थिरता हुन न दिने बिकास र समृद्धि को बाटोमा जान न दिने यी र यस्ता बिकास र सुशासनको नामका भेषधारी फिरङ्गिहरु प्रती सचेत र सजग रहौ र बढ्दो गतिविधि लाई नियन्त्रण गरौ र देश को रक्षा गरौं।धन्यवाद
-बलराम उपाध्याय
प्रतिक्रिया