चीनमा रहेका गायक आशिषले गरे दुई लाख बढीको स्वास्थ्य सामाग्री सहयोग

इनेप्लिज २०७८ जेठ १४ गते २३:०३ मा प्रकाशित

काठमाडौं।नेपालमा कोरोना महामारी तिब्र रुपमा फैलिँदै गइरहेका बेला देश विदेशबाट सहयोग प्राप्त हुने क्र,म जारी नै छ।प्रवासमा रहेका कलाकर्मीहरुले मातृभूमिको सम्झनामा राहात र सहयोग सामाग्रीहरु पठाउने क्रम जारी नै रहेका बेला चीनबाट गायक आशिष सचिनले साढे दुई लाख बढीको स्वास्थ्य सामग्री सहयोग गरेका छन्।हाल आफ्नो ब्यक्तिगत कामको सिलसिलामा चीनमा रहेका गायक आशिषले आफुले नेपाल पठाएको सामाग्रीको तस्बिर समेत सामाजिक सञ्जाल मार्फत शेयर गर्दै उनले स्टाटस समेत लेखेका छन्।

गायक आशिषले सामाजिक संजालमा लेखेका छन् हाल मेरो केही समयको ब्यक्तिगत चीन भ्रमणको दौरानमा थोरै भएपनि एक कलाकार र सचेत नागरिकको स्वास्थ्य सामाग्री चीनबाट नेपाल पठाउन पाउँदा सारै खुसी महसुस गरेको छु ।नेपालमा तिब्र गतिमा फैलिइरहेको सरुवा रोग रोरोनालाई नजिकबाट महसुस गर्न नपाएको भनाइ राख्दै उनले स्वास्थ्य सामाग्री पठाएर थोरै भएपनि दुःखमा साथ दिने कोसिस गरेको उल्लेख गरेका छन्।

उनले आफ्नो पोस्टमा ‘के रहेछ र जीवन,मात्र दुई मुठ्ठी श्वास,सानो सहयोग हृदयदेखि’ बोलको शीर्षक राखेर लेखेको स्टाटस निकै मार्मिक लागेको कतिपय उनका फ्यानहरुले कमेन्ट गरेका छन्।आशिषले आफ्नो ब्यक्तिगत सहयोगमा २ लाख ५५ हजार ८ सय रुपैया बराबरको स्वास्थ्य सामाग्री नेपाल पठाएको उल्लेख गरेका छन्।अक्सिजन कन्सेन्टरेटर,पिपिइ,ग्लोभ्स,मास्क लगायत राहात सामाग्री पठाएका आशिष चीन र नेपालको हवाई यात्रा खुलेसँगै स्वदेश आउने बताए।पिरिम नलाउने, गलबन्दी पछ्यौरी, उनका पानी बादलु, एककान दुईकान मैदान बोलका गीतका भिडियोहरु बजारमा आइसकेका छन्।जसले राम्रो लोकप्रियता पनि कमाएका छन्।

प्रतिक्रिया