एनआरएनए अफ्रिकाको अक्सिजन सहयोग पाल्पामा

इनेप्लिज २०७८ जेठ १२ गते १४:१२ मा प्रकाशित

तानसेन , पाल्पा ।आज बुध्द जयन्तीका दिन पाल्पा जिल्ला  अस्पताल पाल्पा जिल्लाका स्थानीय तहका स्वास्थ्य केंद्रहरुलाईएनआरएनए अफ्रिकाको तत्काल अक्सिजन सहयोग अभियान अन्तरगत एनआरएनए कङ्गोको संयोजन   लायन्स क्लब डिष्ट्रिक्ट३२५ बी टू एरिया   को ब्याबस्थापन सहयोगमा  पाल्पा अस्पताल , मिसन अस्पताल , एलएमसी , रामपुर नगरपालिका  , निस्दी, पुर्वखोला , रम्भा , बगनास काली , तीनाउ , माथागढी , रिब्दीकोट रैनादेवी पालिकाका स्वास्थ्य चौकी आइसोलेसेन सेन्टर गरि   ३५२थान रिफिल अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको

      

संघ लायन्स क्लबको तर्फ बाटसिलिन्डर हस्तान्तरण एरिया चिफ लायन सन्दिप कसौधनले गर्नु भएको थियो भने आर्थिक संयोजनएनआएनए कङ्गोका अध्यक्ष अमृत क्षेत्रीले गरेका थिए 

 एनआरएनए अफ्रिकाका क्षेत्रीय संयोजक रोशन थापाले पाल्पाका सबै स्थानिय तहसम्म थोरै भए पनि तत्काल आबश्यक अक्सिजनपुगाउन सकिएकोमा खुशी ब्यक्त गर्नु भयो

उहाँले सहयोग गर्ने लायन्स क्लब सबै दाताहरुमा हार्दिक आभार ब्यक्त गर्नु भयो उहाँका अनुसार संघले आजै अछामकाअस्पतालहरुलाई अक्सिजन सिलिन्डर सहित सहयोग पुर्याउदै भने जुम्ला अस्पतालका लागि भोलि सहयोग पठाउनेछ

प्रतिक्रिया