ज्यानकोबाजी लगाएर मानव सेवामा तल्लीन भण्डारी

राधा कुमारी कुँवर।युगअस्त्र २०७८ जेठ १२ गते १०:१६ मा प्रकाशित


धनगढी,जेठ १२ ।मानव सेवाका लागि भित्रि मनदेखिनै भावना जागरे आउनेले मात्र गर्न सक्छ भन्ने मान्यताका हस्ताक्षर बनेका छन् सामाजिक अभियान्ता नेत्र भण्डारी।

यो कोरोना कहरका बेलामा घरमा परिवारसहित सुरक्षित संग बस्नु पर्ने बेलामा आफ्नो ज्यानको समेत बाजी लगाएर अहोरात्र विपन्न,गरिव,असहायको पिडामा मलमपट्टी लगाउनमै व्यस्त छन् नेत्र भण्डारी।

जसको कोही छ्रन त्यसको हामी छौं भन्ने अभियान लिएर विगत लामो समय देखि कैलाली जिलाको लम्की चुहा नगरपालिका क्षेत्रमा क्रियाशिल भएर लागि पर्नु भएका नेत्र भण्डारी कोरोना कहरका बेलामा स्वास्थ्य सामग्री वितरण देखि लिएर चुलो नबलेर भोकभोकै बस्न बाध्य विपन्न परिवारका झुपडिमा पुगेर खाद्यान्न लगायतका सामाग्रीहरु वितरण गर्ने अभियानमा तल्लीन छन् भण्डारी।

राजनीतिक रुपमा नेकपा एमाले निकट युवा संघ नेपालका केन्द्रिय सदस्य समेनत रहेका भण्डारी समाज सेवानै असल राजनीति हो भन्ने मूल मान्यता बोकेर अघि बढिरहेको बताउँछन् । राजनीति चुनावका बेलामा गर्ने हो त्यो पनि सत्तामा पुगेर जनताकै सेवा गर्नका लागि, राजनीति भनेको व्यवसाय नभै विसुद्ध समाज सेवा हो भन्ने मूल्य र मान्यतालाई स्थापित गर्ने अभिप्रायपनि आफ्नो रहेको उनले बताए।

सत्तामा पुगेपछि मात्र जनताको सेवा गर्न सकिन्छ भन्ने बुझाईलाई समेत चिर्दै सत्तामा नहुँदमा पनि भित्रि ईच्चा शक्ति भएको खण्डमा सेवा गर्ने उपाय आफै पलाएर हजाने आफ्नो अनुभव रहेको समेत भण्डारीले बताए।

कैलालीको लम्की चुहा नगरपालिका क्षेत्रमा घर नभएर खुल्ला आकाशमुनि कष्टकर जीवन व्यतित गर्दै आईरहेका विपन्न परिवारका पक्की घर निर्माण देखि गत बर्षको बन्दा बन्दीमा सयौंको संख्यामा मानिसहरुलाई खाद्यान्न,नास्ता,मास्क,सिनेटाईजर लगायतका सामाग्री उपलब्ध गर्ने देखि लिएर बिचबाटोमा अलपत्र परेका नागरिकहरुलाई समेत उद्धार गरेर गन्तव्य सम्म पुगाउने अभियानमा ठुलो भूमिका समेत निर्वाह गरिसकेको भण्डारीले जानकारी दिए।

कोरोनाको कहरमा अक्सिजन नपाएर छटपटाई रहेका विरामीहरुलाई अक्सिजन उपलब्ध गर्ने अभियानमा पनि भण्डारीको सहभागिता रहेको स्थानीयले बताएका छन्।

मानव सेवामा निस्वार्थ रुपले लागि परेका भण्डारी जस्तै अन्य युवाहरुले सकरात्मक सोचका साथ मानव सेवामा लाग्न सकेको खण्डमा समाजले ठूलो राहत पाउन सक्ने बुद्धिजिवीहरुको भनाई रहेको छ।

-राधा कुमारी कुँवर।युगअस्त्र

प्रतिक्रिया