प्रदेश प्रमुख अधिकारी– बुद्ध जयन्ती शुभकामना

मनोज दाहाल २०७८ जेठ १२ गते १०:०३ मा प्रकाशित

विराटनगर,१२ जेठ।प्रदेश नं १ का प्रदेश प्रमुख सामनाथ अधिकारी ‘प्यासी’ले नेपालका राष्ट्रिय विभुति एवं विश्व शान्तिका अग्रदुत गौतम बुद्घको २५६५औँ जन्म जयन्ती तथा किराँत समुदायको महान पर्व उभौलीको अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरुमा एवम् विश्व समुदायमा सु–स्वास्थ्य, सुख शान्ति, समृद्वी एवम् उत्तरोत्तर प्रगतिको हाद्र्विक मंगलमय शुभकामना आज व्यक्त गर्नु भएको छ।

प्रदेश प्रमुख अधिकारीले आज जारी गर्नु भएको सन्देशमा शान्ति,सदभाव, माया,करुणा,स्नेह,अहिंसा,विवेक,आपसीप्रेम,उच्चविचार,सदाचार,सदविचार, सदबुद्वि,मित्रता सिङ्गो धर्ती र जिवात्मालाई आवस्यक छ भन्ने विश्वसन्देश दिने विश्वका महान पुरुष गौतम बुद्व हाम्रो धर्तीले जन्माएकोमा हामी सगर्व गर्व गर्दछौ उल्लेख गर्नु भएको छ।

उहाँले गौतम बुद्वले देखाउनु भएको सद्मार्ग हामी सबैका लागि सदैव अनुकरणीय र मननीय रही आएको छ भन्दै बुद्घ दर्शनलाई जीवन दर्शन र मानव सभ्यताको रुपमा बुझ्न हामी सबैले जरुरी छ सन्देशमा उल्लेख गर्नु भएको छ।

बुद्ध विश्व शान्तिका प्रणेता एवं विश्वभरीका मानवजातीका लागि सम्मानित व्यक्त्तित्व बन्नु एवं नेपालबाट विश्वभर शान्तिको सन्देश जान सक्नु हाम्रा लागि गौरवको विषय हो सन्देशमा भन्नु हुँदै प्रदेश प्रमुख अधिकारीले आजको यस दिनले हामी सबैलाई आपसी मेलमिलाप बढाउदै शान्ति कायम गरी प्रगतिपथमा अघि बढ्न प्रेरणा प्रदान गर्नेछ भन्ने अपेक्षा लिएको छु उल्लेख गर्नु भएको छ।

अन्त्यमा विश्वव्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस(कोभीड–१९) को महाविपत्तिबाट सम्पूर्ण विश्वले शीघ्रतिशीघ्र मुक्ति पाउनेछ भन्ने कामना गर्दै २५६५ औँ बुद्व जयन्ती र किराँत समुदायको महान पर्व उभौलीको हाद्र्विक मंगलमय शुभकामना व्यक्त गर्दछु सन्देशमा प्रदेश प्रमुख अधिकारीले उल्लेख गर्नु भएको छ।

-मनोज दाहाल

 

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया