मुख्यमन्त्री राई बुद्ध जयन्ती शुभकामना सन्देश

इनेप्लिज २०७८ जेठ १२ गते ९:४७ मा प्रकाशित

विराटनगर,१२ जेठ।प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बुद्ध जयन्ती तथा किराँत समुदायको महान साँस्कृतिक चाड उभौली (साकेला,साकेन्वा,चासोक तङनाम,चासुवा,फोलस्याँदर)–२०७८ को अवसरमा आज यहाँ शुभकामना व्यक्त्त गर्नुभएको छ।

मुख्यमन्त्री राईद्वारा जारी शुभकामना सन्देशमा विश्व शान्तिका अग्रदूत गौतम बुद्धका उपदेशहरु विश्वमै लोकप्रिय रहेका उल्लेख गर्नु हुदै शान्ति,अहिँसाका प्रतिमूर्ति गौतम बुद्धबाट व्यक्त्त सत्य वचनहरुको महत्व आजको विश्व परिवेशमा झनै बढेको छ उल्लेख गर्नु भएको छ।

सन्देशमा उहाँले बुद्धको उपदेशलाई आत्मसात गर्न सकिए राष्ट्र र विश्वमा नै बन्धुत्व,सद्भाव र दीगो शान्ति स्थापना हुने मेरो विश्वास व्यक्त्त गर्नु भएको छ।

त्यस्तै सन्देशमा मुख्यमन्त्री राईले उभौली जस्ता चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक,सांस्कृतिक जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेको उल्लेख गर्नु भएको छ।

हिमाल,पहाड र तराईमा बस्ने सबै नेपालीबीच बन्धुत्व,भाइचारा र एकताको भावना बढाउन यस प्रकारका चाडपर्वले उर्जा प्रदान गर्दै आएको मुख्यमन्त्री राईको सन्देशमा उल्लेख गर्नु भएको छ।

उहाँले यस प्रकारका मौलिक साँस्कृतिक चाडपर्वहरुले सामाजिक एवम् पारिवारिक जमघट गराउने र समुदायबीचमा आपसी सद्भाव सुमधुर बनाउन सहयोग समेत गरेको सन्देशमा उल्लेख गर्नु भएको छ।

बढ्दो रुपमा फैलिएको कोरोना भाइरसका कारण यी चाडपर्व खुला र भव्य रुपमा मनाउन सम्भव नभएको बताउँदै मुख्यमन्त्री राईले कोरोना सङ्क्रमणबाट बच्न र सुरक्षित रहन सवैसँग सन्देशमा अपील गर्नु भएको छ।

 

प्रतिक्रिया