मध्यरातमा षडयन्त्रपुर्ण गरिएको भन्दै संसद बिघटन बिरुद्ध सबै प्रतिपक्ष सडक संघर्ष र कानुनी लडाईमा जाने भए

टंक पन्त २०७८ जेठ ८ गते ८:५९ मा प्रकाशित


काठमाडौ । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको (माधव नेपाल पक्ष ), जनता समाजवादी पार्टी (उपेन्द्र–बाबुराम पक्ष ) र राष्ट्रिय जनमोर्चाको संयुक्त बैठकले प्रतिनिधि सभा विघटनविरूद्ध सडक र अदालतमा लडाइँ लड्ने निर्णय गरेका छन ।

बैठक पछि काग्रेस सभापति शेरबहादुर देउवा, माओबादी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजबादीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चा नेतृ दुर्गा पौडेलले संयुक्त बक्तब्य जारी राष्ट्रपतिले शुक्रबार राति चालेको कदम असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगामी र अनैतिक भएको निष्कर्ष निकाल्दै प्रतिरोधका लागि आह्वान समेत गरेका छन ।

नेपाली काग्रेसमा सभापति शेरबहादुर देउवाले राष्ट्रपति बिधा देबी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले सबिधानसभाले बनाएको सबिधानलाई आफनो निजी संपत्ति प्रयोग गरे जस्तो बनाए जसका कारण गणतन्त्र , लोकतन्त्र मास्ने गरी बैकल्पिक सरकार बन्ने स्थिति हुंदा हुंदै संसदको बिघटन गर्ने काम गरेको आरोप लगाउनुभएको छ ।

नेकपा एमालेका बरिष्ठ नेता माधबकुमार नेपालले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओली मिलेर लोकतान्त्रिक ब्यबस्था नै धराशायी बनाउने गरी दोस्रो प्रतिगमन गरेको भन्दै कडा शब्दमा निन्दा र भत्र्सना गर्नुभएको छ । उहांले चुनाब गराउने मनशायले गरिएको कदम नै होइन भन्दै यो हद सम्म राष्ट्रपति समेत जानुलाई आफुले गभीर रुपमा लिएको बताउनुभएको छ ।

नेकपा एमालेका बरिष्ठ नेता माधबकुमार नेपालले सबिधानसभाको दुइपटक भएको निर्बाचनबाट बनेको सबिधानलाई धुजा धुजा पार्ने काम राष्ट्रपति बिधादेबी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको सांठगांठमा भएको गभीर आरोप लगाउनुभएको छ ।

उहांले प्रधानमन्त्री ओलीले जुनसुकै बहानामा संसद बिघटन गर्छन भन्ने थाहा पाएरै बैकल्पिक सरकार गठनका लागि आफुहरुले काग्रेसका सभापति देउवाको पक्षमा हस्ताक्षर गरेको स्पष्ट पार्नुभएको छ ।

बैठक पछि पत्रकारहरुसंग कुरा गर्देै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले सडकबाट पनि त्यसको प्रतिरोध हुने र सर्वोच्च अदालतमा पनि रिट दिने जानकारी गराउनुभएको छ ।

’हामी हिजोका सबै १४९ जना सांसद मात्र नभएर त्यो भन्दा बढीको हस्ताक्षर लिएर सर्वोच्च अदालतमा रिट हाल्न जान्छौं,’ अध्यक्ष प्रचण्डले भन्नुभएको ,‘अदालतले लोकतन्त्रको पक्षमा निर्णय गर्नेछ भन्ने हामीलाई विश्वास छ।’

’यो गराउनका लागि घोषणा गरिएको चुनाव हो भन्ने हामीलाई लागेकै छैन। तर त्यसबारेमा के गर्ने भन्ने निर्णय गर्न बाँकी छ,’ प्रचण्डले भन्नुभयो । बैठकमा बोल्ने नेताहरुले भन्दै थिए – मध्य रातमा बैकल्पिक सरकार बन्ने स्थिति रहेको र आफुहरु स्वयं उपस्थित भएर हस्ताक्षर बुझाउदा पनि राष्ट्रपति बिधा भण्डारीलाई त्यो पचेन किनकि प्रधानमन्त्री ओलीसंग पहिले नै साठगांठ र षडयन्त्रपुर्ण योजना थियो त्यहि अनुसार राष्ट्रपतिबाट प्रतिगमनकारी कदम चालियो यो भन्दा निन्दनीय कुरा अरु केही हुन सक्तैन ।

सबिधानको मर्म र भावना बिपरित जुन काम भयो त्यसले समग्र ब्यबस्था र गणतन्त्रलाई नै धरापमा पारेको नेताहरुको धारणा रहेको छ । उनीहरुले सडक र कानुनी लडाई एक साथ गर्नुपर्ने भएको छ त्यसका लागि देशबासी समक्ष आह्वान गरेका छन ।
देशमा महामारी छ महामारीले थिलो थिलो भैरहेको छ र यो महामारी अझै कति समय जान्छ भन्ने टुंगो छैन तर यस्तो बेला संसद बिघटन गरेर निर्बाचनको मिति तोकिनुलाई निर्बाचन गराउनु नभएर सत्ता कब्जा गर्ने नियत राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको भएको प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसको बिहान बसेको बैठकले निष्कर्ष निकालेको थियो ।

 

प्रतिक्रिया