काठमाडौं।साहित्यकार तारा लिम्बु पछिल्ला दिनमा साहित्य सिर्जनामा ब्यस्त छिन्।हरेक साता विभिन्न सञ्चारमाध्यममा नयाँ–नयाँ आफ्ना सिर्जनाहरु प्रकाशित गर्दै आइरहेकी साहित्यकार ताराको नयाँ गीत ‘आधा लैजाऊ तिमी,माया’को भिडियो सार्वजनिक भएको छ।साहित्यको क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएकी गीतकार ताराको नयाँ गीतमा लोकप्रिय गायक राजेश पायल राइको स्वर रहेको छ।सार्वजनिक गीतमा कम्पोज तथा एरेन्ज सबिन लिम्बूको रहेको छ।गीतको भिडियोमा अमित सुब्बा र क्रिन्चा राईको अभिनय देख्न सकिन्छ।
भिडियोको छायाङ्कन बेलायतका रमणीय स्थानहरुमा गरिएको छ।जसको निर्देशन लोकप्रिय सञ्चारकर्मी कुशल श्रेष्ठले गरेका छन।सार्वजनिक भिडियोमा निर्देशक श्रेष्ठकै छायांकन तथा सम्पादन रहेको छ।भिडियोमा प्रेम र रोमान्सका रोमान्टिक दृश्यहरुलाई फिल्मी शैलीमा प्रस्तुत गरिएको छ।जसमा आफ्नी मायालुलाई फकाउन प्रेमीले भावी जीवनका सपनाहरु देखाएका छन्।प्रेम र रोमान्सले भरिएको गीतको भिडियो बजारमा ल्याएसँगै गीतकार तारा प्रफुल्लित छिन्।उनले आगामी दिनमा पनि यस्तै सिर्जनालाई निरन्तरता दिने बताइन्।सार्वजनिक भिडियोमा कोरियोग्राफी तथा मेकअप दिपिका श्रेष्ठको रहेको छ।
प्रतिक्रिया