हार्दिक आभार – कन्सुलर सेवा शिविर संचालन

इनेप्लिज २०७८ जेठ ६ गते १:२३ मा प्रकाशित

हार्दिक आभार

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाले विगतदेखिनै अमेरिकाको विभिन्न राज्य तथा शहरमा कन्सुलर सेवा शिविर संचालनका लागि अमेरिकास्थित नेपाली दुतावासमा आग्रह गर्दै आएकोमा दुतावासले त्यसलाई गम्भिरता पूर्वक लिई प्राथमिकतामा राखी शिविर आयोजनालाई निरन्तरता दिएकोमा दुतावास परिवारमा हार्दिक आभार व्यक्त गर्दछु।इलिनोइ राज्यको शिकागोमा घुम्ती कन्सुलर सेवा शिविरको सुरुवात गर्दै गत शुक्रवार देखि आइतवारसम्म दुतावासले टेक्ससमा शिविर मार्फत सेवा प्रदान गरेको छ।टेक्ससको २ शहर डलास र ह्युष्टनमा आयोजना भएको शिविरवाट धेरैं सेवाग्राही लाभान्वित हुनुभएको छ।यस्ता शिविर कार्यक्रमलाई निरन्तरता दिन पनि म विशेष अनुरोध गर्न चाहन्छु।शिविर संचालनको मर्मलाई बुझ्नुभएकोमा अमेरिकाका लागि नेपाली राजदुत महामहिम डा. युवराज खतिवडा प्रति विशेष कृतज्ञता प्रकट गर्दछु।

शिविर संचालनसगैं विभिन्न कोणवाट एनआरएनहरुसग अन्तरक्रिया गरी हामीहरुको समस्या बुझ्ने र सहयोग गर्न अग्रसरता देखाउने गरी विभिन्न कार्यक्रममा सहभागि हुनुभएकोमा पनि महामहिम प्रति धन्यवाद व्यक्त गर्दछु । शिविरमा सहभागि भई कुशलता पूर्वक सेवा प्रवाह गर्नुभएका दुतावासका अन्य अधिकारीहरु प्रति पनि आभार व्यक्त गर्दछु।एनआरएनए टेक्सस च्याप्टर, नेपाली समाज टेक्सस, नेपलिज अमेरिकन च्याम्बर अफ कमर्श जो आयोजकको संस्थाको रुपमा रही शिविर तथा अन्तरक्रिया कार्यक्रम गर्नु भयो,यस संस्थासग सम्बन्धित सबैमा आभार प्रकट गर्दछु।नेपाल सांस्कृतिक तथा आध्यात्मिक केन्द्र परिवारलाई पनि धन्यवाद दिन चाहन्छु।यस्तै, ह्युष्टनमा शिविर संचालन गर्नका लागि सहयोग गर्नुहुने नेपलिज एशोसिएशन अफ ह्युष्टन लगायत अन्य संस्था तथा व्यक्तित्वहरुमा पनि धन्यवाद दिन चाहन्छु।

स्वयंसेवी एवं संचारकर्मी मित्रहरु तथा सबै सहयोगीहरुमा पनि विशेष आभार प्रकट गर्दछु।र सगसगैं अमेरिकाका अन्य राज्य तथा शहरहरुमा पनि सेवा शिविर आयोजना गर्न र गरिएका ठाउहरुमा पनि त्यसलाई निरन्तरता दिनका निम्ति दुतावास समक्ष अनुरोध समेत गर्दछु।

सुनील साह
अध्यक्ष
गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद्,अमेरिका

प्रतिक्रिया