दोलखा भिमसेनलाई पसिना आए के हुन्छ ?

इनेप्लिज २०७८ जेठ ५ गते १०:२७ मा प्रकाशित

नेपाल राष्ट्रलाई संकट परेको बखत आध्यात्मिक उर्जाले सतर्क गराउँदा कुनै मन्दिरको घण्टी डमरुहरु आफै बज्ने,कुनै मन्दिरको प्रतिमामा पसिना आउने तथा कतैकतै ठूलो आँधिबेहरी आउने हुन्छ।त्यस्तै दोलखा भिमसेनलाई पसिना आउँदा २००७,२०१७,२०३७,२०४७ सालमा राजनैतिक परिवर्तन भयो भने २०५७ साल जेष्ठ १९ गते राजा बिरेन्द्रको बंशनास पनि भयो।अहिले २०७८ सालमा पनि पक्कै ठूलो राजनैतिक परिवर्तन हुँदैछ।त्यही भएर दोलखा भिमसेनलाई पसिना आएको खबरले नागरिकहरु सचेत छन्।झुट र लुटको राजनीति देखेर नेपाली जनताहरु वाक्क दिक्क भएका छन् र पुन राजसंस्थाको चाहना राखेका छन्।

वास्तवमा,राजा रानी हुँदा राष्ट्रले अभिभावक पाएको हुन्छ र राष्ट्रिय एकता कायम हुन्छ।राजा बिरेन्द्र जस्तो शालिन व्यक्तित्व भएको राजा गुमाउनु पर्दा नेपाली जनताहरु धेरैनै दुःखी छन्।मुर्ति व्यापारी,सुर्ती व्यापारी,हाडिघोप्टे,कठपुतली राजा होइनकी महेन्द्र राजा जस्तो दुरदर्शी र राष्ट्रप्रेमी राजा अहिलेको आवश्यकता हो।आम नेपाली नागरिकहरुले राजा हरिश्चन्द्र जस्तो दानी र राजा जनक जस्तो ज्ञानी राजा खोजिराखेका छन्।राम शाह जस्तो न्याय दिने र जयस्थिति मल्ल जस्तो लोकप्रिय राजा खोजिराखेका छन्।मल्लकालमा प्रताप मल्ल र जयस्थिति मल्लले जनताको मन जितेका थिए।जनताहरुको भान्छामा आगो बलेर धुरीबाट धुँवा नआए तुरुन्त आफ्ना भारदारहरुलाई बुझ्न पठाउँदथे।प्रताप मल्लको पालामा त हाम्रो पैसा संसारको सबभन्दा महङ्गो पैसा थियो।कोरिया,जापान,युरोपका देशहरुमा भोकमरी लाग्दा नेपालले खाद्यान्न पठाँउदथ्यो।बिडम्बना,अहिले कृषि प्रधान देशमा बर्षेनी ८५ अर्ब भन्दा बढीको दाल चामल आयत हुन्छ,भन्न पनि लाजमर्दो।भारतीय दलालीहरुको कारणले राष्ट्रको ढुकुटी रित्तिसक्यो। जनताहरु ऋणले चुर्लुम्म डुबेका छन्।भ्रष्टचार,बेरोजगार,हिंसा–आतंक,महंगीले जनताहरु आक्रान्त भएका छन्।दण्डहिनता मौलाएको कारणले बलात्कार र अपहरण जस्ता घटनाहरु छ्यापछ्याप्ती सुनिन्छ।नेपालीहरु शैतानी शासनको अन्त्य होस् भनी पुर्कादैछन्।अत सु–शासन,समृद्धि र शान्तिको लागि राजसंस्था अपरिहार्य छ।आमुल परिवर्तनको संकेत स्वरुप,सूर्यवंशी राजाको उदय हुने संकेत र गोरख कानून लागु हुने संकेत स्वरुप दोलखा भिमसेनलाई पसिना आएको हो।

प्रतिक्रिया