मातृभूमि नेपालको सहयोगार्थ हार्दिक अपिल

इनेप्लिज २०७८ जेठ ५ गते १०:१५ मा प्रकाशित

 

कोभिड १९ को प्रकोप बढेसगैं स्वास्थ्य संकटको अवस्थावाट नेपाल गुज्रिएको छ।कोरोनाको असरले मातृभुमी नेपाललाई चोट पुऱ्याइरहेको विषम परिस्थितिमा विश्वभर रहेका सम्पूर्ण गैर आवासीय नेपालीले आ आफ्नो ठाउवाट सकेको सहयोगका लागि अग्रसरता देखाइरहनुभएको छ।कोरोना संक्रमणले निम्त्याइरहेको संकटलाई निराकरण गर्न हामी सबै अझ सक्रियतापूर्वक सहयोगको अभियानमा लाग्नुपर्ने अवस्था छ।

अहिलेको यो जोखिमको घडीमा सकेको सहयोग गर्नका निम्ति सम्पूर्णमा अनुरोध गर्न चाहन्छौं।गैर आवासीय नेपाली संघ मार्फत संस्थागत तथा व्यक्तिगत रुपमा गैर आवासीय नेपालीहरुले जुन सहयोगी हात अघि बढाइरहनुभएको छ त्यसको निम्ति पनि हामी सबैमा आभार व्यक्त गर्दछौं।यसै क्रममा गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद् अमेरिकाले संचालन गरिरहेको सहयोग संकलन अभियानमा हातेमालो गर्न पनि सम्बन्धित सबैमा हार्दिक अपिल गर्न चाहन्छौं।
संघमार्फत संकलित हुन आउने रकमवाट नेपालको कुनै एक अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्ने लक्ष्य राखिएको पनि सबैमा जानकारी गराउन चाहन्छौं। संघले अन्तराष्ट्रिय समन्वय परिषद्सगको समन्वयमा जडान गर्ने उक्त अक्सिजन प्लान्टवाट स्थायी रुपमै धेरै भन्दा धेरै बिरामीले लाभ लिन सक्नुहुने विश्वास गरिएको छ।यस प्लान्ट जडान गर्न करिव १ लाख २५ हजार अमेरिकी डलरको आवश्यकता पर्ने प्रारम्भिक अनुमान रहेको छ।

मातृभुमीमा दु:ख पर्दा सधै गैर आवासीय नेपालीहरुले आफ्नो गच्छे अनुसार सहयोग गर्दै आउनुभएको विगतले देखाएको छ।गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाले सहयोग संकलनका लागि निम्ति संचालनमा ल्याएको गो-फन्ड-मि मा गई यस पुण्य कार्यका लागि योगदान दिन अनुरोध गर्दछौं।

अमेरिकाज क्षेत्रमा रहनुभएका गैर आवासीय नेपालीहरुले पनि विगतमा पनि ठूलो छाती बनाएर नेपालमा विभिन्न सेवामुलक कार्यका लागि गर्नुभएको योगदानको समेत स्मरण गर्दै सबैमा आभार प्रकट गर्दछौं । र फेरि एक पटक परोपकारी पुण्य कामको निम्ति अग्रसर भई हातेमालो गर्नुहुनका निम्ति सम्बन्धित सबैमा अनुरोध गर्दछौं।अमेरिकाज क्षेत्रमा रहनुभएका संघ संस्थाहरुलाई समेत यस अभियानमा जोडिनका लागि हार्दिक अपिल समेत गर्दछौं । कोरोना महामारीमा परी अकालमै ज्यान गुमाउनु भएमा सबैमा हार्दिक श्रदाञ्जली व्यक्त गर्दछौं।सम्बन्धित सबै परिवारमा हार्दिक समवेदना सहीत कोरोनाको संक्रमणमा पर्नुभएका सबैको शिघ्र पूर्ण स्वास्थ्य लाभको कामना सहीत थप कसैलाई संक्रमण नहोस् भनी प्राथना गर्दछौं।

GoFundMe link:

https://www.gofundme.com/f/save-life-of-nepali-from-covid19?utm_campaign=p_cf+share-flow-1&utm_medium=copy_link&utm_source=customer

सुनील साह
अध्यक्ष
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्,अमेरिका

सोनाम लामा
उपाध्यक्ष
गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद्

राजन त्रिपाठी
क्षेत्रीय संयोजक
गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद्,अमेरिकाज क्षेत्र

प्रतिक्रिया