इजरायलको यहूदी प्रार्थना भवनमा भिड अचानक भुईमा खस्दा पर्दा कम्तिमा २ जनाको मृत्यु भएको छ भने र सय जना भन्दा ज्यादा घाइते भएका छन् । यहुदीको ब्लीचर अर्थात् श्वेतन – गृहमा प्रार्थना गर्न आएका उपासकहरू प्रार्थनामा मस्त हुँदै हल्लिदैं गर्दा माथि उभिएका उनीहरु मुनि खसेका थिए ।
प्रहरीका अनुसार धेरै संख्यामा उपासकहरु घाइते भएको बताएका छन् । घटनास्थलमा एक अग्नी नियन्त्रकले स्थानीय संचार माध्यम च्यानल १३ लाई पूजा गर्न आएका ब्लीचर्सको मुनि च्यापिएका बताए ।
इजरायली आपतकालीन चिकित्सा सेवाका अनुसार १०० भन्दा बढी घाइते भएका छन्।
इजरायलको माउन्ट मेरोन भन्ने धार्मिक उत्सवमा भागदौड हुँदा ४५ जनाको ज्यान गएको दुई हप्ता पछाडि यस स्थानमा दुर्घटना हुन् पुगेको छ । दुई जना मृत्यु हुनेहरुमा एक जना किशोर र ५० बर्षिय मानिसको निधन भएको छ ।
उक्त नगरका प्रमुखले उक्त भवन पूर्ण रुपमा निर्माण भै नसकेको अवस्थामा प्रहरीले ध्यान पुर्याएन भनि घोर निन्दा गरेका छन् । यता प्रहरीले उक्त घटनालाई लापरवाही भनेको न्यूयोर्क पोष्टले समाचार लेखेको छ ।
प्रतिक्रिया