अन्तर्राष्ट्रिय नेपाली समाजको नेपाल च्याप्टर गठन, समाजले तत्काल नेपालमा सहयोग गर्ने

दामोदर नेपाल २०७८ जेठ २ गते १६:४२ मा प्रकाशित

दामोदर नेपाल,काठमाडौँ।चन्द्रकुमार फुयाँलको अध्यक्षतामा अन्तर्राष्ट्रिय नेपाली समाजको नेपाल च्याप्टर गठन भएको छ।

देश तथा विदेशमा रहेका नेपालीहरुलाई संगठित गर्दै नेपाल र नेपालीको हित प्रवर्धन गर्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय रुपमा स्थापना भएको अन्तर्राष्ट्रिय नेपाली समाजले चन्द्र कुमार फुयाँलको अध्यक्षतामा ५१ सदस्यीय नेपाल च्याप्टरको गठन गरेको हो।समाजले नेपालमा हाल महामारीको रुपमा फैलिएको कोभिड १९ बाट प्रभावित भएका नेपालीहरुलाई राहत पुर्याउने उद्देश्यले यथासक्य छिटो सहयोग उपलब्ध गराउने समेत जनाएको छ।

समाजले अन्तर्राष्ट्रिय समितिका उपाध्यक्ष डा.स्वामी कृष्णको संयोजकत्वमा १ं० सदस्यीय कार्यदल गठन गरी सो कार्यदलले सहयोग संकलनलाई तिब्र पार्दै समुचित बितरणको व्यवस्थापन गर्ने एक विज्ञप्ति मार्फत जनाएको छ।समाजका अध्यक्ष र महासचिवले संयुक्त रुपमा विज्ञप्ति जारी गरी सो योजना सार्वजनिक गरेका हुन्।

स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुलाई सामाजिक उत्तरदायित्वमा समर्पित गराउँदै समाजसेवामा जोड्ने र समस्यामा परेका नेपालीहरुको हितमा निस्वार्थ भावले अग्रसर गराउन नेतृत्वदायी भूमिका निभाउँदै आएको समाजको नेपाल च्याप्टरमा विभिन्न क्षेत्रका प्रवुद्ध व्यक्तित्वहरु समेटिएकाले उक्त च्याप्टर समाज सेवाका क्षेत्रमा अग्रणी हुने आफूले विश्वास लिएको अन्तर्राष्ट्रिय अध्यक्ष अर्जुन सापकोटाले बताएका छन्।

अन्तर्राष्ट्रिय अध्यक्ष अर्जुन घिमिरेको अध्यक्षता र काठमाडौँ विश्वविद्यालयका पूर्व डिन प्रा डा. टंकनाथ शर्माको प्रमुख आतिथ्यतामा अनलाईन मार्फत भर्चुअल रुपमा सम्पन्न अन्तर्राष्ट्रिय भेलाले गठन गरेको नेपालको राष्ट्रिय कार्य समितिको वरिष्ठ उपाध्यक्षमा डा. के.पी. घिमिरे र डा. राधेश्याम ठाकुर रहेका छन् भने विभागीय संयोजक रहने गरी उपाध्यक्षहरुमा आर.बी. भण्डारी, दामोदर नेपाल,जे.पी.सापकोटा, राजेन्द्र देवकोटा,पवित्रा थापा मगर,आँचल कुमार शर्मा,बिष्णु सुवेदी,निर्मलहरि आचार्य,नारायणकाजी घिमिरे र मोहन सिंह साउद रहेका छन्।त्यसैगरी महासचिवमा एस.पी. उप्रेति र उपमहासचिवमा उद्धव भट्टराई तथा सचिवहरुमा अरुणराज पाण्डे, सुदिप घिमिरे दिप सुदिप, निर्मला खड्का, रुश्मा राई, स्मृति बुढाथोकी र तिलक कार्की रहेका छन् । त्यसैगरी कोषाध्यक्षमा इन्दिरा गौतम, सहकोषाध्यक्षमा भद्रा राउत र अनामिका बस्नेत रहेका छ।

त्यसैगरी सदस्यहरुमा सुजाता पोखरेल,शिलु शर्मा,निर्मल श्रेष्ठ,तीर्थ नारायण श्रेष्ठ,दिपक बस्नेत,खेम आचार्य,साम्भवी शिवाकोटी,सन्तोष खत्री,अविनेश्वर कार्की, मनिता बस्नेत,बालमुकुन्द मैनाली,मनोजबाबु बस्नेत,सुजन बाबु बस्नेत,रुपा राई,चन्द्रकला खत्री,भीम बहादुर कार्की,विशाल गिरी,दीपा दिपारी,दिपक खत्री,सम्झना बस्नेत,पारु विश्वकर्मा,पुश्पा यादव,थमान सिंह तामाङ्ग, रोजिना खातुन र कृष्ण सुनुवार चयन भएका छन्।

अन्तर्राष्ट्रिय नेपाली समाजको नेपालको राष्ट्रिय समिति घोषणा कार्यक्रममा बिशिष्ट अतिथीहरुमा प्रा.डा.बिष्णु कार्की,प्रा.डा.मोतिलाल घिमिरे,प्राडा.पुष्प दमाई, प्रा.डा.श्याम शर्मा,प्राडा.लक्ष्मण प्रसाद ज्ञवाली,प्रा.डा. राजन प्रसाद पोखरेल,प्रा.डा.श्रीराम प्रसाद उपाध्याय,डा.तारामणि राई,स.प्रा.डा.धन प्रसाद सुवेदी,वरिष्ठ कवि शरु भक्त, डा. रेनुका सोलु, डा. जानुका नेपाल पौडेल लगायतको उपस्थिति रहेको थियो।

नव गठित नेपालको राष्ट्रिय समितिलाई प्रमुख अतिथी, बिशिष्ठ अतिथीहरु, अतिथीहरु लगायतले बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए भने नव गठित कार्य समितिका तर्फबाट केन्द्रीय प्रवक्ता एवं नेपाल च्याप्टरका अध्यक्ष चन्द्र कुमार फुयाल तथा वरिष्ठ उपाध्यक्ष डा. के.पी. घिमिरे, उपाध्यक्ष दामोदर नेपाल, महासचिव एस पी उप्रेति, कोषाध्यक्ष इन्दिरा गौतम लगायतले प्रतिवद्धता व्यक्त गरेका थिए।

कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष घिमिरेले “देश विदेशमा रहेका नेपालीहरु संगठित भएर एक आपसमा सहयोग आदान प्रदान गर्दै नेपालका विभिन्न क्षेत्रको अध्ययन अनुसन्धान गरी नेपाली भाष, साहित्य, कला, संस्कृति, भेषभुषा, रीतिरिवाज, रहनसहन आदिको संरक्षण र सम्वद्र्धन तथा नेपाली श्रोत, साधन, सम्पदा, पर्यटन तथा कृषिजन्य उत्पादनको प्रवद्र्धनका साथै नेपालीले देश विदेशमा सिकेको ज्ञान,सीप, क्षमता र दक्षतालाई देशको सर्वोपरी हितमा उपयोग गर्न अन्तार्राष्ट्रिय नेपाली समाज सधैँ कटिबद्ध छ र निरन्तर अगाडि बढिरहेको छ” । कार्यक्रम सञ्चालन गर्दै समाजका महासचिव अर्जुन श्रीले भने “जहिले पनि नेपालको लागि र जहाँ पनि नेपालीको लागि भन्ने मूल नाराका साथ उक्त भनाईलाई चरितार्थ पार्ने हेतूले हामीले समय सान्दर्भिक परिणाममुखी कार्यक्रमहरुको योजना बनाउँदै ती योजनाहरुको कार्यान्वयनलाई द्रूत गतिमा अगाडि बढाइरहेका छौँ, त्यसैको परिणाम आज नवगठित नेपालको कार्य समिति पनि हो ।” महासचिव श्रीले भने।

नेपालको नव गठित राष्ट्रिय समितिका अध्यक्ष फुयाँलले आफ्नो नेतृत्वको राष्ट्रिय समिति तुरुन्तै अग्र पंक्तिमा खटेर महामारीको चपेटामा परेका नेपालीहरुको पीडा कम गर्न र समस्यामा मल्हमपट्टी लगाएपछि मात्र अन्य गतिविधिमा संलग्न हुने जानकारी गराए।

प्रतिक्रिया