देशभर लकडाउन जारी छ।अति आवश्यक सवारी बाहेक अरु चलेका छैनन् भने प्रहरीले कडाईका साथ चेकिङ गरेको छ।पोखराको छोरेपाटनमा चेकिङमा रहेको प्रहरीले एक एम्बुलेन्सलाई जान दिएन।पोखरा देखी स्याङ्जा जान लागेको एम्बुलेन्सले बिरामी नभएको मानिस बोकेको भनेर रोकेको हो।चालकको अनुसार स्याङ्जाबाट बिरामी लिएर आएको र जाने बेला रित्तो जानु परेको साथै गाउँपालिका अध्यक्षको आग्रहमा मानिस लिएर आएको खुलासा गरे।
एम्बुलेन्सबाट घर जान लागेका मानिसहरुले पनि काम भएन कोठा भाडा तिर्न समेत गाह्रो भएकाले जान लागेको बताएका थिए।केही समय पछि थप छलफल गरेर एम्बुलेन्सलाई छाडिएको थियो।
हेर्नुहोस् यो भिडियो।
प्रतिक्रिया