नविन न्यौपानेको निर्देशनमा ‘चाहाना’ बोलको गीतको म्यूजिक भिडियो निर्माण भएको छ।विगत लामो समयदेखि कला क्षेत्रमा आवद्ध भएका नविनले सेलिना श्रेष्ठको शब्द,संगीत तथा स्वरमा रहेको चाहानामा यसपटक आफ्नो निर्देशकिय क्षमता प्रस्तुत गरेका छन्।म्यूजिक भिडियो राम्रो बनाउनको लागी आफुले अत्यधिक मेहनत गर्नुपरेको उनी बताउँछन्।‘यसमा मेरो मात्रै नभएर भिडियो निर्माणमा काम गर्ने सबै मेम्बरको उत्तिकै भुमिका छ’,उनले भने।भिडियो राम्रो हुनुमा सबै जस उनले टिम मेम्बरलाई दिन्छन्।
न्यौपानेले प्रेम कथालाई भिडियोको बिषयवस्तु बनाएका छन्।भिडियोमा कसरी केही मान्छेको कारणले गर्दा प्रेम विछोड हुन्छ भन्ने कुरालाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ।भिडियोमा स्वयं आफैले अभिनय गरेका नबिनले निर्देशन गर्नु जटिल कार्य रहेका बताउँछन्।अझ निर्देशन सँगै अभिनय पनि गर्नु चुनौतीको कुरा रहेको उनको भनाई छ।हालसम्म उनले लघु चलचित्र,ठुलो पर्दाका चलचित्र,लगायत अन्य म्यूजिक भिडियोमा धेरै काम गरिसकेका छन्।हालसालै मात्र सार्वजनिक भएको उक्त म्युजिक भिडियोमा बरुन कोइरालाको छायांकन तथा युग राज खड्काको सम्पादन रहेको छ।अभिनयमा नविनलाई दिपिका थापा मगरले साथ दिएकी छिन्।भिडियोको सहायक निर्देशनमा निकिता गुरुङ र मिरा गुरुङ रहेका छन्।त्यसैगरि प्रोडक्शनमा जिवन जँग थापा र प्रकाश भट्टराई रहेका छन्।
प्रतिक्रिया