नेपालमा एमाले अध्यक्ष ओली पुनः प्रधानमन्त्री पदमा नियुक्त

टंक पन्त २०७८ वैशाख ३० गते १६:५१ मा प्रकाशित


काठमाडौ ।राष्ट्रपति बिधादेबी भण्डारीले सबिधानको धारा ७६ को उपधारा २ बमोजिम बुहमतको सरकारका लागि कसैले पनि दाबी पेश नगरेपछि संसदमा सबै भन्दा ठुलो दल नेकपा एमाले संसद्धीय दलका नेता केपी शर्मा ओलीलाई नै प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ ।

बिहीबार राति नियुक्त हुनुभएका प्रधानमन्त्री ओलीको शपथ ग्रहण कार्यक्रम शुक्रबार अपरान्ह २ बजे शितलनिबासमा हुने छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख २७ गते संसदमा बिश्वासको मत गुमाएपछि राष्ट्रपति भण्डारीले सबिधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा सो भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने सांसदलाई प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न बैशाख ३० गते सांझ ९ बजे सम्मको समय दिनुभएको थियो ।


सो समय भित्र बहुमत पुग्ने गरी दाबी कसैको पनि परेन । खास गरी नेकपा एमालेकै बरिष्ठ नेता माधबकुमार नेपाल पक्षीय सांसदहरुले राजीनामा दिने र काग्रेस , माओबादी , जनता समाजबादी पाटीको उपेन्द्र यादब र डा बाबुराम भटराई पक्षको समर्थनमा काग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि दाबी पेश गर्ने तयारी थियो ।

तर नेकपा एमालेका बरिष्ठ नेता नेपाल र पार्टी अध्यक्ष ओलीबीच अन्तिम समयमा भएको साढे चार घण्टा लामो बार्ता सहमति नजिक पुगेको कारण सामुहिक राजीनामा तत्कालका लागि रोकिएको थियो ।

सामुहिक राजीनामा रोकिएपछि काग्रेस माओबादीको सरकार बन्ने स्थिति पनि टरेको थियो ।

जसपाकै महन्त ठाकुर र राजेन्द्र महतो पक्ष पनि काग्रेस माओबादी गठबन्धनको सरकार बनाउने कुरामा सहमत भएको भए बहुमत पुग्ने स्थिति थियो तर त्यो पक्ष खुलेरै केपी ओलीको पक्षमा लागेको कारण बहुमतको सरकार बन्न सकेन ।

प्रतिक्रिया