बिहेमै घट्यो यस्तो घटना, जन्ती आएका साथी मारिए मण्डप पछाडी ११ बर्षे बालिका बलत्कृत

इनेप्लिज २०७८ वैशाख २९ गते १३:३४ मा प्रकाशित

म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ पुनथोकका धजेन्द्र पुनको हत्यामा संलग्न ५ जनालाई प्रहरीले सार्वजनिक गरेको छ।२०७८ बैशाख १४ गते देखि हराउनुभएका धजेन्द्र पुनको २५ गते सोही पुनथोकको मार्चुला सामुदायीक बनको बराहथान स्थित ढुङ्गाको चेप (ओडार) भित्र गाडिएको अवस्थामा शव फेला परेको थियो।

हत्यामा संलग्न पाँच जनालाई प्रहरीले मंगलबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो।जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक श्यामकुमार राईका अनुसार देविस्थान घर भई हाल कास्कीको पोखरामा बस्न २१ बर्षिय भेषबहादुर बिक र रामबहादुर परियारले अन्य तीन जनाको सहयोगम पुनको हत्या गरेको स्विकार गरेका छन्।

प्रतिक्रिया